न्यायको खोजीमा भौतारीदै सरीता तर पुर्व एआइजी गोबिन्द थापाले पावरको दुरुपयोग गर्दै गरे यस्तो हर्कत (भिडियोसहित)

काठमाडौं । ‘नेपालमा पावर हुनुपर्छ, जे गर्न पनि पाइन्छ’, त्यसै भनिएको होइन । लतिलपुरको ताल्चिखेल हुँदै उमामहेश्वर मन्दिरतर्फ जानेबाटोमा नेपाल प्रहरीका पुर्व एआइजी गोबिन्द थापा र व्यापारी कान्छा थापाले पावरको दुरुपयोग गरेर सरीता देवी बुढाथोकीलाई घेराबन्दी नै गरेका छन् ।

सरीता बुढाथोकीले खरिद गर्दा जिएलडी म्यापमा नै उल्लेख भएको बाटो भएको जग्गामा अहिले एक तर्फ पुर्व एआइजी थापाले संरचना बनाएर बाटो रोकेका छन् भने अर्को तर्फ कान्छा थापाले पर्खाल लगाएका छन् ।

लामो समयदेखि विदेशी भुमीमा पसिना बगाइरहेका सरीता बुढाथोकीको परीवार नेपाल फर्किएर घर बनाउने तयारीमा थिए । तर सधिँयारहरुले जग्गामा छिर्ने बाटो नै बन्द गरीदिएपछि उनिहरु न्यायको खोजीमा भौँतारीरहेका छन् ।

यो जग्गा खरीद गर्दा नक्सामा जग्गा बिकास निर्देशीकामै ६ मिटरको सडक छ । तर जब पुर्व एआइजी थापा र व्यापारी थापाले संरचना बनाउन थाले नगर बिकास प्राधिकरणलाई समेत प्रभावमा पारेर बाटो नभएको देखाउन सफल भए ।

पूर्वपट्टी २१९ नम्बर कित्ता हुँदै जाने बाटोमा अर्दली घर विना नक्सा पास गरी एआइजी थापाले १४ बर्ष अघि नै निर्माण गरेका थिए । उनको नक्सा तत्कालीन ललितपुर उपमहानगरपालिकाले सार्वजनिक बाटोमा घर निमार्ण गर्न लागेको भन्दै तामेलीमा राख्यो । तर उनले घर निमार्ण सम्पन्न गरी तामेलमा रहेको नक्सापास गराउन सार्वजनिक बाटो नगर बिकासबाटै रद्द गरीदिए ।

२०६७ फागुन ३० मा उतm सडक नगर बिकासको बोर्डले अन्य नेटवर्कमा असर गर्ने भएकाले रद्द नगर्ने निर्णय ग¥यो भने २०६८ साउन ८ मा बिना कानुनी आधार त्यही समितिले पुनः बाटो रद्द गर्ने निर्णय ग¥यो ।

तर यति हुँदा पनि यो सब कुराको जानकारी उक्त बाटोबाट प्रत्यक्ष असर पर्ने सरीता देवी बुढाथोकीलाई कुनै जानकारी नै दिइएन । नगर बिकासबाट खटिएका इञ्जिनियरले नै जग्गालाई वैकल्पिक बाटो भएको झुटो प्रतिवेदनदिए । परिणामतः अहिले बुढाथोकीको जग्गामा जान अन्य व्यक्तीको जग्गाबाट जानु पर्छ ।

अन्ततःथापाले २०६८ चैत्र १४ मा बाटो रोकेर निर्माण गरेको अर्दली घरको नक्सापास सम्पन्न गर्न सफल भए । यसरी पुर्व एआइजी थापाले सार्वजनिक बाटो नै मिचेर संरचना निर्माण गरे । पुर्व एआइजी थापाले नगर बिकासको बाटो नै नियमसंगत बन्द भएर आफुले संरचना निर्माण गरेको दाबी गर्दै आएका छन् । यो बिषय अहिले अदालतमा रहेकाले धेरै बोल्नु आवश्यक नरहेको उनको भनाइ छ ।

अर्को तर्फ व्यापारी कान्छा थापाले पर्खाल ठडाएर बुढाथोकीको अर्को आशा पनि तुहाए । तर आफूहरुले नियमसँगत नै गरेको कान्छा थापाको बताउँछन् । उपत्यका विकास प्राधिकरणको भने जिएलडी म्यापमा भएका सडकहरु केही व्यक्तिले मिच्न नमिल्ने भनाइ छ ।

ताल्चिखेल हुँदै उमामहेश्वर जाने आधाखुलेको १ सय ४० मिटरको लिङक रोड पुर्वबाट एआइजी थापा र पश्चिमबाट कान्छा थापाको अनाधिकृत निर्माण कार्यले रोक्दा त्यस क्षेत्रका करीब ५ सय घर प्रत्यक्ष मारमा परेको छन् । थापाद्वयले रोकेको यो बाटोको बिषयमा अहिले सर्वोच्च अदालतमा मुद्धा विचाराधिन छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार