प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण पाईने


सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषणमा ५ प्रतिशत व्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउने कार्यक्रम समावेश गर्नुभएको छ । अब शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरुले ऋण पाउनेछन् । सरकारले इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन सुरु गर्ने भएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गरिने बजेट भाषणमा उल्लेख छ ।

यसका लागि कृषि, उद्योग, वन, शिक्षा, स्वास्थ्य, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, मन्त्रालयसहित पुनर्निर्माण प्राधिकरण लगायतका निकायलाई आˆना क्षेत्रमा आवश्यक जनशक्तिको विवरण राख्न लगाइनेछ ।

श्रम मन्त्रालयको प्रस्तावअनुसार यो कार्यक्रमका रुपमा अघि बढाउन लागिएको हो । अहिले निर्माण क्षेत्रमा मजदुरको चरम अभाव छ । भारतीय मजदुरले यसमा अवसर पाइरहेका छन् । उद्योगहरुमा पनि आवश्यक कमदार पूर्ति हुन सकेको छैन । लाडसेडिङ हटेपछि उद्योगहरुले कामदार थप्ने तयारी गरिरहेका छन् । विभिन्न सडक तथा जलविद्युत आयोजनाको निर्माण अघि बढेको छ ।

यसलाई पूर्ति गर्न बेरोजगारलाई रोजगारी दिन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अघि गरेको हो । यसका लागि सरकारले रोजगार प्रत्याभुति ऐन नै ल्याउने भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार