सोमबार दिपायलमा भएको जिप दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि धनगढीतर्फ ल्याउँदै गरेको अर्को जिप मङ्गलवार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जिप दुर्घटना भएको हो । दुर्घटनामा परि डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमसिह बोहरा, लालु बोहरा र दिपायल सिलगढी नगरपालिका, ४ का विनोद रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक रावल गाडी मालिक हुन । आदर्श गाउँपालिका वडा नम्बर २ कै जानकी बोहराको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पु¥याए लगत्तै मृत्यु भएको हो । दुर्घटनामा परि घाइते ७ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए ।
गम्भीर घाइतेलाई उपचारका लागि धनगढी रेफर गरिएको र अन्यको उपक्षेत्रीय अस्पलात डडेल्धुरामा उपचार भइरहेको उनले बताए । दिपायबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ३३० नम्बरको बलेर जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको हो । सोमबार मात्र दिपायलमा जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो।