कसरी भनौ आमा तिम्रो ममतामा खोट थियो । के भनी तिमीलाई भनौं आमा तिम्रा सन्तान तिम्रै अपमान गर्न तयार छन । तिमीलाई कसरी दोषी भनांै तिम्रो सँस्कार गलत थियो । सपुत छोरा छोरी जन्माउन किन सकिनौ आमा ? यही मेरो तिमीलाई प्रश्न हो ? कती हुन्छेउं बलात्कृत आफ्नै सन्तानबाट । सहेर कति बस्छेउ आमा अब त केही बोल । तिम्रा सन्तान कति पुगे पदमा आजसम्म तर तिनले के गरे तिमीलाई गर्व लाग्ने काम ? तिम्रा लाखौं सन्तान बली चढे तिम्रो छातीमा तिमी कति पिडामा थियांै त्यो सोंच न । बली चढे रगत बग्यो हजारौं आमाका कोख उजाडिए तर त्यही रगतको होली खेले आज तिम्रा सन्तानले । कुनै दिन तिमीले कस्ता सपुत जन्माएकी थियौं आमा ।
तिम्रो रक्षाको लागि महिनौ पानी पनि नपाउदा कसरी लडे दुश्मनसंग नालापानीमा । लड्ने तिम्रा सन्तान थिए नि होइन र आमा ? पश्चिम किल्ला कांगडा पूर्वमा टिस्टा पुगे थे त्यस्ता शक्तिशाली शत्रुका अगाडि पनि कहिले झुकेनन । हातमा खुकुरी नहुँदा ढुङ्गाले लडेर बन्दुकलाई पराजित गरी तिम्रो इज्जत बचाउँने तिम्रै सन्तान थिए आमा तर आज हेर त सिमाना कति मिचिए । कही कतै कसैलाई चिन्ता छैन । विदेशका सेना नेपाली भुमीमा निम्तालु पाहुनासंग आउछन । हरेक तिम्रो अंगअंग बेचिएको छ । जनकपुरको साचो खुलेआम दानमा दिए । खोलानाला सबै सकिए आमा । अब समथर भूमी बेच्न थाले । कहिले कोशी बेचिन्छ कहिले कर्णाली कहिले महाकाली बेचिन्छ । लिपुलेक कब्जा हुन्छ,कोही केही बोल्दैनन् । सीमामा सबै ठाउंमा मिचिएको छ आमा । कहिका जनता सुरक्षित महसुस गर्दैनन । लालपूर्जा हातमा हुँदा पनि आफ्नो जमिन भारतमा पर्यो भन्ने लाखौं जनता छन । अरु ठाउँ त कति गुम्यो आमा लेखाजोखा छैन ।
अहिले कस्ता सन्तान जन्मायौ आमा ? सधै विदेशीकै ईशारामा चल्छन् । प्रधानमन्त्री हुनलाई विदेशीकै शरणमा पुग्छन् । राष्ट्रपती चुन्न परे भारतलाई सोध्छन । कहाँ गयो त्यो देशभक्तिको शिक्षा ? आमा तिमीले के सन्तान जन्मायौं । कतै तिम्रो लालनपालनमा गलत प्रभाव परेको त छैन नि आमा । यति हुतिहारा सन्तान कसरी बनायांै । ति सहिद हुने तिम्रा सन्तानले के भन्लान आमा । तिमी कसरी यति निस्ठुरी बन्न सक्छेउ । किन आमा यि कु सन्तानलाई तिमी तिम्रो छातीमा लात हानिरहन दिन्छेउ । कति बलात्कृत हुन्छेउ आमा अब त बोल कुपुत्र हरुलाई किन बचाउन चाहन्छेउ आमा ? आमा तिम्रो अस्तित्व मेटिन लाग्यो अब त केही बोल । आमा बोल न आमा अब तिमी बोल । सुन तस्करमा तिम्रै सन्तान देश बेच्ने यिनै हुन नदीनाला सबै सके अब जिल्लाको साचो बुझाउदै छन । प्रजातन्त्र आयो भने नदीनाला सखाप परे गणतन्त्र आयो भन्छन । विदेशीसँगै लम्पसार पर्छन । देशका अंगअंग बेची आफ्नो घरको ढुकुटी भर्छन अनी तिम्रो अस्मिता लुटेको पैसाले छोरीहरुलाई करोडौको घर किनी कोही दाईजो दिन्छन कोही ज्वरो आएपनि विदेश तिर पुग्छन तिम्रो सम्पत्ति लगि विदेशीलाई पोस्छन् । जुत्ता थिएन खुट्टामा आमा पहिला तिनको तर अहिले आफ्नै गाउं जान हेलिकप्टर चढ्छन् । हेर आमा आज पनि तिम्रा लाखौं सन्तान विदेशी भूमीमा मर्न वाध्य छन । सामान्य औषधी नपाएर गाउंघरमा लाखौंको ज्यान गएको खबर हामीले सधै यही कानले सुनेका छांै । भूकम्प गएको बर्षौ बित्यो आमा,राहत पाएनन तिम्रा गरीव सन्तानले । कति आयो अनुदान बाडेर खाए तिनैले । हे आमा अब त तिमी सोच ति कूपुत्रलाई तिम्रो छाती बाट मात्रा होइन यो संसारबाटै निकाल । आमा अब पनि ति कूपुत्र बाँचेर बसे भने तिमीलाई पुरै बेचेर सक्ने छन अनी कसरी जन्माउछेउ सुपूत्र आमा । ल न आमा बोल अब त बोल आमा, ढिला हुन्छ नत्र आमा । तिमी एकपटक एउटा कृष्ण लाई जन्माइदेउं आमा अनि मात्र कंशहरुको अन्त्य हुनेछ आमा । देबकी पनि त चाहन्न थिइन नि आफ्नै दाजुको मृत्यु तर के गर्छेउ आमा गलत कर्म गरेपछि त्यसको फल मिल्नुपर्छ । धेरै तिम्रा अरु सन्तानलाई बचाउन तिमीले अब एउटा कृष्ण जन्माउन पर्छ, आमा जन्माउनै पर्छ ।