लिभरपुलका गोलरक्षक लाेरिसलाई हारे पछि ज्यान मार्ने धम्की

च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा रियल मड्रिडसँग लिभरपुल हारेपछि गोलरक्षक लोरिस कारिउसलाई ज्यान मार्ने धम्की आएको छ ।

शनिबार राति युक्रेनको राजधानी किएभमा सम्पन्न फाइनल खेलमा रियल मड्रिडसँग लिभरपुल ३–१ ले पराजित भएकाे थियाे । फाेन र सामाजसक सञ्जालमार्फत लिभरपुलका गाेलरक्षक कारिउसलार्इ ज्यान मार्ने धम्की अाएकाे अन्तर्राष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन् ।


त्यहाँकाे प्रहरीले धम्कीबारे अाफू समेत जानकार रहेको र सजगता अपनाइएको बताएको छ । फाइनल खेलकाे नतिजाबाट अाक्राेशित भएका लिभरपुल समर्थकले लाेरिसकाे गल्तीका कारण हार व्यहाेर्नुपरेकाे भन्दै चर्काे अालाेचना समेत गर्दै अाएका छन् । २४ वर्षका लोरिस र उनको परिवारलाई नतिजाबाट रुष्ट भएका अराजक पक्षले धम्की दिएकाे प्रहरी अधिकारीहरूले जनाएका छन् ।

फाइनल खेलमा लोरिसका दुई गल्तीका कारण रियल मड्रिडकाे जित लिभरपुलकाे हार भएकाे बताइन्छ । उनले सामान्य अवस्थामा पनि रियलका करिम बेन्जिमालाई गोल गर्ने मौका दिएकाे बताइन्छ । उनले अाफ्नाे कमजाेर प्रदर्शनका कारण समर्थकसँग माफी समेत मागेका छन् ।

प्रहरीले सामाजिक सञ्जालमा पोस्ट भएका धम्की पूर्ण र गम्भीर खालका सामग्री संकलन गरि अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार