हाहाकार उपत्यकाभित्र यसरी समेत हुन्छ खानेपानीको चोरी

काठमाडौं– काठमाडौं उपत्यका खानेपानीका लागि छट्पटिएको निकै वर्ष भैसक्यो । उपत्यकामा यो समस्या सदाबहार रुपमा रहेको छ । भएका पानीका मुहानहरु समेत व्यवस्थित ढंगले उपयोग र व्यवस्थापन गर्न नसक्दा यो खानेपानीको हाहाकार अहिले पनि जारी छ । यही प्रसंगमा हामीले उपत्यकामा भित्रिने खानेपानी कसरी चोरी हुन्छ भन्ने तस्विर प्रस्तुत गरेका छौ ।

वाग्मतीको मुहान सुन्दरीजलबाट ल्याइएको खानेपानी गोकर्णेश्वर भएर बग्ने कोलमती खोलाको पाइपमा ड्रिल गरी चोरिएको तस्विर हो यो । यस्ता थुप्रै कारणले उपत्यकाका वैधानिक धारामा पानी आउँदैन भने चोर्नेले दुरुपयोग गरिरहेका दृष्य सर्वसधारणले हेरेर बसिरहनुपरेको छ । सरकारले समेत यसलाई टुलुटुलु हेरेर बसिरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार