प्रहरीको संलग्नतामा ५० लाखको डिल, रेकर्ड मेट्न उल्टै धम्की । यि महिला यसरी कुटिईन, प्रहरी बेखवर !(भिडियोसहित)

झापा । झापाको बिर्तामोड—५ का सुरेन्द्र राजंवशीको हत्या प्रकरण अनुसन्धान नै नहुने परिस्थितीमा पुगेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिदापनि जाहेरी दर्ता गर्न नमानेपछि घटना अन्यौलमा परेको हो ।

गत फागुन ९ गते भारतको पश्चिम बंगाल स्थित चैनगरा भन्ने स्थानमा राजवंशीको गोलि हानी हत्या गरिएको थियो । प्रहरीले अनुसन्धाननै नगर्ने अनि किटानी जाहेरी दिएका व्यक्तिले धम्क्याईराखेपछि पीडित हामीकहाँ आएका हुन् ।


यसवारे सत्य तथ्य खोज्दा प्रहरी, पिडकको परिवार र दलाली बिच लाखांै रुपैयाँको ‘डिलिङ’ भइरहेको प्रमाण फेला परेको छ ।
प्रहरीले बिर्तामोडका टेकबहादुर लिम्बु लगायतका ब्यक्ति प्रयोग गरेर परिवारसँग पैसाको डिल गर्ने गरेको प्रमाण हामीले फेला पारेका छौं । अनुसन्धान अघि वढाउन मृतक श्रीलालका ज्वाँई सिरतलाल भनिने सुमन राजवंशी, जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरी असई अम्बिका पोखरेल र टेकराज लिम्बुबीच लाखौं रकमको डिल भएको हो ।


यस्तै, मृतक श्रीलाल र टेकबहादुरका साथी धैरज राजवंशीले समेत अनुसन्धान अघि बढाउन झापाका उच्च प्रहरी अधिकारीले अम्बिका मार्फत ५० लाख रुपैयाँ माग गरेको भन्दै मृतकका भाई मनोज राजवंशीलाई बारम्बार सम्पर्क गरेको पाइएको छ ।

मृतक दाजु श्रीलालले बैना रकम लिएको जग्गा आफूले भनेका ब्यक्तिको नाममा पास गर्दिन र अनुसन्धान अगाडि बढाउन असई अम्बिका पोखरेल र टेकबहादुर लिम्बुले पिडितसँग बार्गेनिङ गरेको पाइएको छ । लिम्बु र पोख्रेलले रकम पाए शंकास्पद ब्यक्तिहरुलाई युवती प्रयोग वा लागु औषधको प्रयोग गरि जेलमा सडाइदिने योजना बुनेका छन् । यसका लागि बिर्तामोडका डिएसपी कोइरालाको समेत सहयोग रहने समेत बताएका छन् ।

यस्तै, घटनाको अनुसन्धान गर्न भारतीय प्रहरीले समेत पैसा मागेको पीडितको भनाई छ । हत्याको २ महिना बित्दा पनि प्रहरीले जाहेरी समेत लिन नमानेको परिवारका सदस्यको भनाई छ । हत्यारालाई कार्वाहीको माग गर्दै उनिहरु अहिले गृह मंत्रालयसम्म पुगेपनि कुनै निकाय बाट प्रकृया अघि बढेको छैन ।

झापा बिर्तामोडका श्रीलाल माथि यस अघि २०६६ मंसिर ३० गते घरमै बसिरहेको अवस्थामा गोली प्रहार भएको भएपनि गोली कसले र किन हान्यो भन्ने पत्ता नलाग्दै उनको हत्या हुनु र हत्यापश्चात अनुसन्धान गर्ने निकायले अनुसन्धान अघि बढाउन लाखौ रकमको ‘डिल’ गर्नुले उनको हत्या सम्पत्तिसँग सिधै जोडिएको शंका गर्ने ठाउँ दिएको छ । जसलाई प्रहरीले पनि आलटाल गरी सहयोग गरिएको प्रष्ट छ ।

ऋणको विवादमा एउटा महिलामाथि निर्घात कुटपिट, प्रहरीमा उजुरी गरेपनि कारवाही नभएको पीडितको आरोप

राजकमल सिंह,
धनुषा । ऋणको विवाद झिकेर धनुषाको बटेश्व गाउँपालिकामा एक माहिलामाथि छिमेकीले निर्धात कुटपिट गरेका छन् । कुटपिटमा संलग्नमाथि कारवाहीको माग गर्दै प्रहरीमा उजुरुरी दिएपनि खासै कारवाही नभएको पीडित महिलाको आरोप छ ।

जिल्लाको बटेश्वर गाउँपालिका वडा नं.१ चित्रपुरकी ३० वर्षिय रेखा कुमार महतोमाथि ऋणको विवाद झिकेर छिमेकी श्याम कुमारी देवी महतो, विषेश्वर महतो, विन्देश्वर महतो, राजेश महतो, इन्दल महतो, फुलकुमारी महतो लगायतले निर्घात कुटपिट गरेका छन् ।

स्वावलम्बन लघु वित्त विकास बैंक लिमिटेड, धनुषा, ७९ केन्द्रले गठन गरेको बचत कर्ता समूहको बैठकमा ऋणको विवाद ल्याएर निर्घाट कुटपिट गर्दै पशु जस्तो दाम्लोले बाँधने प्रयास भएका पीडितको आरोप छ । दोषीलाई कारवाही गर्नुको सट्टा उल्टै आफुलाई नै बटेश्वर प्रहरीले नियन्त्रणमा लिएर छोडेको प्रति निकै चिन्ता व्यक्त गरिन् ।


त्यसपश्चात पीडितले प्रहरी चौकी बटेश्वरमा उजूरी दिएपनि लग्तै कुटपिट गर्ने मध्ये विषेश्वर महतोलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी चौकी महेन्द्रनगरमा बुझाएको थियो । तर पैसाका लेनदेनमा आएर महिला हिंसामा समंलग्नलाई सार्वजनिक अपराधको मुद्धा लगाएर दोषीलाई बचाउने काम भएको पीडितको आरोप छ ।

प्रहरी प्रसाशनको मिलोमतोका कारण घटना घटेको महिना दिन भन्दा बढी भईसक्दा समेत आफुले न्याय नपाएको पीडितको गुनासो छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार