सरकारलाई १२ बुँदामा रवीको सिधाकुराः ‘ठेक्का नविकरण गर्ने ठेकेदारहरुलाई देशैभरीबाट पक्रिनु पर्दैन ?’


सरकारले १०० दिन पुरा गरेको छ, र यो संगै पुरै ५ बर्षको रोड म्याप नै सार्वजनिक गरेको छ । अन्तराष्ट्रिय विमास्थल, ५ हजार मेघावाट विद्युत, कृषी उत्पादन दोब्बर, प्रतिव्यक्ति आय दोब्बर, द्रुत मार्ग निर्माण, सबै सडक कालोपत्रे गरी १२ वटा मार्ग चित्र बनेका छन् । यो सँगै हामीले पनि हाम्रो तर्फबाट १२ वटा साना साना कामको चेकलिष्ट तयार पारेका छौं, जसलाई सरकारले सुन्यो र चाह्यो भने अर्को १०० दिन भित्र पुरा गर्न सक्छ । हाम्रो लिष्ट शुरु गरौ है त ।

१. धारामा पानी नआएपनि पैसा तिर्नु पर्छ, यस्तो किन ? पानी नै नआएपछि किन विल पठाउने र जनताले किन तिर्ने ?

२. किसानले पसिना बगाएर उमारेको तरकारी बिचौलीयालले आलुको भाउमा किन्छ र सुनको भाउमा उपभोक्तालाई बेच्छ ।
किशान मर्ने, उपभोक्ताको हार्टफेल नै हुने ? कृषी मन्त्रीलाई तरकारी बजार पठाउ सरकार ।

३. बाटोको ठेक्का हडप्ने तर दशकौ सम्म काम नसक्ने,अनि मन्त्री, सचिव र ठुला नेतालाई गाडी, घर, उपचार खर्चको दिएर ठेक्का नविकरण गर्ने ठेकेदारहरुलाई देशैभरीबाट पक्रिन परेन ? समाउँछु भन्ने कि ठ्याक्कै समाती हाल्ने ? काम नगर्ने ठेकेदारलाई जेल कोच्ने भनेर पहिल्यै झ्याली पिटेपछि कोही भागी सके कोही रातारात कमजोर सडक बनाइ टोपल्दै छन् ।

४. काम पुरा नगर्ने ठेकेदारको लिष्ट बनाउन र तिनलाई समाउन यत्रो दिन लाग्छ ?
त्यसमाथि कतिपय ठेकेदार, भुमाफिया, जग्गा दलालहरुले वडा अध्यक्ष, मेयर, उपमेयर, सांसद छन् । यसो हुँदा कन्फ्लिक्ट अफ इन्ट्ेष्ट हुँदैन ? कि दलाली छोड कि पद छोड भनेर पत्र काटेको खोइ ? कार्यकक्षबाटै समाएको खोइ, साँसदबाटै समाएको खोइ ? ४ अस्पताल ट्वाइलेट जस्तो, ट्वाइलेट सुँगुरको खोर जस्तो, डाक्टर हाजिर गर्ने र प्राइभेट क्लिनिकमा बिरामीलाई बोलाउने, इक्युप्मेन्ट खरीदमा करोडौँ घोटाला गर्ने ?

५. कर्मचरी क्यान्टीनमा दलाल कर्मचारीको कुर्सीमा छ ? एउटा ट्याक्सी मिटरमा जादैन, कि त मिटरको रेट बढाइदिनु प¥यो, पेट्रोल को भाउसँगै महँगी समेत बढेको छ ।

६. नपोसाउने नै हो कि बुझ्नु प¥यो । हैन भने बकाईदा मिटरमा जानु प¥यो, रसिद पनि दिनुप¥यो ।

७. क्षमता भन्दा बढि यात्रु कोच्ने सवारी,जीन्दगी भर टाइममा नउड्ने हवाइजहाज कम्पनीले जे गरेपनि हुने कि तिनलाई पनि ठाँउमा ल्याउन जरुरी छ ?

८. नेपाल एरलाइन्सको विग्रिएको एउटा विमान बनाऔँ र त्यसलाई विदेशमा फसेका नेपाली, ठगीएका नेपाली, जेल परेका नेपाली, बेचिएका चेलीहरुलाई बोकेर ल्याउन दैनिक प्रयोग गरौँ ।

सतिको सराप त पुरानो भैसकक्यो शायद प्रभाव पनि घट्यो होला तर यि चेलिको आँशु लाग्यो भने मुलुकले कहिल्यै सुख पाँउदैन ।

९. तराई मधेशमा फेरी बाढी आँउदैछ, पुर्व तयारी खोइ ? कर्णालीमा फेरी खाध्यसंकट पर्दैछ, त्यसको तयारी आजै सार्वजनिक गर्नु पर्दैन ?

१०. सीमा क्षेत्रमा हाम्रो भुमी मिच्न तैनाथ छिमेकी देशका सिपाहीहरु खाइलाग्दा देखिन्छन, यसपाली हाम्रा थप जवान पठाऔँ जसले सिमामा दादागिरी देखाउनेहरुले ए भने भने के भनेर भन्न सकुन ।

११. सरकारी कार्यालयको सिष्टम । कठै,यता दर्ता, उता चलानी, यता टिप्पणी, उता तोक, यो कोठा र उ कोठा, थर्ड क्लास सिष्टम छ ।

१२. अदालतको चक्कर काट्दा काट्दा पोटीला गालामा ८० वटा मुजा पर्छन, वकिलको फि र तारिख धाउँदाको खर्चले बचेको घरखेत सकिन्छ । पैसा ख्वाएर फैसला किन वेच गर्ने पसलेहरु अदालत वरपर गुहिए किरा जसरी फैलीएका छन्,स्याउ स्याउ ।

न्यायको किनबेच हुने कुरा कुन कानुन व्यवसायीबाट लुकेको छ र ? यसले अदालतको मान हानी ग¥यो भनेर कुनै खुराफात, कालकोटोले कुरा लगाइदेला तर देशैभरीका अदालतमा स्याउँ स्याउँती सल्बलाएका दलालहरुले सम्मानित अदालतको मान हानी मात्र होइन, प्रत्येक दिन न्याय निसाफको मोलमोलाई गरेर कानुनी राज्यको मजाक उडाएका छन् ।

कानुन मन्त्रालय, सर्वोच्च अदालत र महान्यायधिवक्ताको कार्यालयले देशै भर बाट गरीब जनतालाई अदालत परीसरबाट बोलाएर सोधि हेरोस । तिनको आँखाबाट रगतको आँश चुहिन्छ, पानी त बर्षौ अघि सकिइसक्यो ।

अन्त्यमा घुस नखाई काम नगर्ने कर्मचारी तन्त्र, प्रहरी, कर्मचारी, व्यापारी र राजनीतिज्ञको सेटिङमा हुने भ्रष्टचार र तस्करी रोक्ने एउटा मात्र रोड म्याप भयो भने पुग्छ । मुलुक भोली बिहानैबाट स्वर्ग हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार