निशान भट्टराईको ‘भुन्टी’ सार्बजनिक, एलिशा संग छमछमी नाचे निशान (भिडियो सहित)

इटहरी/ नेपाल आइडलको पहिलो सिजनबाट नेपाली संगीत छेत्रमा पाइला टेकेका गायक निशान भट्टराईको आवाजमा ‘भुन्टी’ नामक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपालकै चर्चित सो ‘नेपाल आइडल’ को पहिलो रनर अपको उपाधी जितेका निशान हाल देशबिदेशका कार्यक्रमहरुमा आफ्नो दर्शकमाझ प्रस्तुत भैरहेका छन् ।

निशानको ‘भुन्टी’ पहिलो अफिसियल म्युजिक भिडियो हो । यस भिडियोको गीतलाई गीतकार राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ले लेखेका हुन भने संगीत पनि उनी स्वयंले भरेका छन । भिडियोलाई टेकेन्द्र साहले निर्देशन तथा सम्पादन गरेका छन । रामकुमार केसीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका छन ।

सार्बजनिक भिडियोमा गायक निशान पनि मोडल एलिशा संग छमछमी नाचिरहेको देख्न सकिन्छ । देशबिदेशमा लोकप्रिय बनेका निसानको आफ्नै आवाजमा रहेको यो गीतको भिडियोले सार्बजनिकको छोटो समयमै राम्रो चर्चा सहित युट्युब भ्युज पाउन थालेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार