इयुमा व्यक्तिगत बिवरण सुरक्षा नियम लागु, अनुमति बेगर कसैको व्यक्तिगत बिवरण सार्वजनिक गरे कानुनी झमेलामा जेलदेखि दशौं मिलियन युरोसम्म जरिवाना हुनसक्ने

गत १४ अप्रिल २०१८ मा युरोपियन पार्लियामेन्टले स्वीकृत गरि आज २५ मे देखि GDPR (General Data Protection Regulation) युरोपियन युनियनभरि पुर्णरुपमा लागु हुदैंछ । यो नियमको मस्यौदा तयारी र छलफल गर्न युरोपियन पार्लियामेन्टमा चार बर्षसम्म चलेको थियो।

यो नियमले हरेक व्यक्तीको व्यक्तिगत विवरणमा सुरक्षा प्रदान गर्दछ । अब उप्रान्त कुनै पनि व्यक्तिको व्यक्तिगत बिवरण सार्वजनिक गर्नुपूर्व वा सामाजिक संजालमा सार्वजनिक गर्न वा प्रकाशन गर्नुपुर्व अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको अनुमति लिनु पर्ने हुन्छ ।

विना अनुमति कसैको पनि व्यक्तिगत विवरण प्रकाशित गरेमा वा प्रयोग गरेमा दशौं मिलियन युरोसम्म जरिवाना हुनसक्ने व्यवस्था यो नियमले गरेको हुँदा विशेष सावधानी अपनाउनु आवश्यक छ । विशेष गरेर कुनै पनि नेपाली संघ- संस्थाहरुले सदस्यहरुको नाम, बिवरण र नामावली प्रकासन गर्दा सकेसम्म अनुमती नलिइ नगर्नु नै बेश हुन्छ ।

यो नियमले हरेक ब्यक्तिको व्यक्तिगत विवरणमा सुरक्षा प्रदान गरेको हुनाले कसैको पासपोर्ट, आवसीय अनुमति पत्र वा अन्य कुनैपनि ब्यक्तिगत विवरण ( जसमा नामका साथै, जन्ममिति , र अन्य महत्वपुर्ण बिवरण र नम्बरहरु लेखिएका हुन्छन ) खुल्ने कुनै पनि कागजात अनुमति बिना प्रकासन वा प्रयोग गर्नु अघि सावधानी अपनाउनुपर्ने हुन्छ ।

बिशेष गरेर पोर्तुगलमा सहयोगी भावनाले रेसिडेन्सी कार्ड जस्ताको त्यस्तै कुनै बिवरणहरु नछोपी सामाजिक संजालमा सम्बन्धित व्यक्तिसम्म सूचना पुर्याउन प्रकाशित गरेका प्रशस्तै उदाहरणहरु देखिन्छन् , यो नियमले सहयोग गर्नेलाई पनि झमेला हुनसक्ने भएकोले सकेसम्म रेसिडेन्सी कार्ड, बैंक कार्ड आदि जस्ताको त्यस्तै सामाजिक संजालमा पोष्ट नगर्न र पोष्ट गर्नैपर्ने भएपनि सकेसम्म नामको केही अंश र जन्ममिति, कार्ड नम्बर आदि महत्वपुर्ण बिवरणहरु छोपेर मात्रै प्रकाशित गर्नु बुद्धिमानी हुनेछ।

त्यस्तै, यो नियमले कुनै पनि अपरिचित व्यक्तिलाई तेस्रो व्यक्तिको सम्पर्क नम्बर, ठेगाना लागायतका कुनै पनि व्यक्तिगत बिवरणहरु दिनुमा बन्देज लगाएको छ। कुनै पनि संघ संस्थाले जुन प्रयोजनको लागि व्यक्तिगत बिवरणहरु संकलन गरेको हो , त्यो बाहेक अन्य कामको सो बिवरण प्रयोग गरेमा समेत यो नियम लागु हुनेछ।

बिस्तृत जानकारीको लागि यहाँ क्लि गर्नुहोस्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार