गृहमन्त्री थापा यसरी उत्रे एक्नसनमा धमाधम पक्राउ गर्दै ब्यबसायिक देखि ठेकेदार सम्म

गृहमन्त्री राम बहादुर थापाले कडा चुनाैतीकाे बावजुद याताकाे सिन्डीकेटलार्इ खारेज गरे लगत्तै निर्माण व्यवसायीमाथि धावा बाेलेका छन्।
गृहमन्त्री थापा सार्जजनिक रुपमा नै बाेल्दै अाएका छन् की अब कुनै पनि प्रकारकाे सिन्डीकेट चाल्दैन‍्।
गृहमन्त्री थापा तोकिएको समयमा निर्माणको काम पूरा नगर्ने निर्माण व्यवसायीहरुलार्इ ठाउँकाे ठाउँ पक्राउ अादेश दिएका छन्। साेही अनुसार निर्माणको काम पूरा नगर्ने दुई निर्माण व्यवसायीलार्इ प्रहरीले पक्राउ गरेकाे छ ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतरा रहेका छन् । शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको हो
अन्य निर्माण व्यवसायीको खोजीलाई तीव्र पारिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार