ट्रिपरको ठक्करबाट घाईते टीनालाई हेलिकप्टरबाट काठमाडाैं लगियो

दाङ । तुलसीपुरमा आज बिहान ट्रिपरको ठक्करबाट गम्भीर घाईते भएकी महिलाको थप उपचार लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । बिहान ११ बजे हेलिकप्टर मार्फत काठमाडांै लगिएको हो । साँढे ६ बजेतिर रा १ क ५८३ नम्वरको ट्रिपरले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ बेलुवा बस्ने बर्ष २४ की टीना केसी सवार रा ३ प २५३३ नम्वरको स्कुटमा ठक्कर दिएको थियो । तुलसीपुरको जेसीज चौकमा ट्रिपरको ठक्करबाट उक्त स्कुटमा सवार टीनाको पेटमा गहिरो चोट लागेको छ ।

पेटमा लागेको चोटका कारण उनी गम्भीर घाईते ुभएको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । उनँको बिहान साँढे १० बजेसम्म राप्ती अञ्चल अस्पतालमा प्रारम्भीक उपचार गरिएको छ । थप उपचारका लागि काठमाण्डौ पठाउनुपर्ने भएकाले हेलिकप्टरमा ल्याईएको हो । हेलिकप्टर बिहान साँढे १० बजे १९ नम्वर बाहिनीमा अवतरण भएको थियो ।

सोही हेलिकप्टरबाट राजधानी काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रिपर चालकको लापरवाही रहेको बताएका आक्रोशित भिडले जेसीज चोक नजिकको प्रहरी बिटमा समेत तोडफोड गर्ने प्रयास गरेका थिए । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रण गर्न केही बेर वल प्रयोग समेत गर्नुपरेको थियो । चालक र ट्रिपरलाई प्रहरीले नियन्त्रण लिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार