काठमाडाैं । गैरआवासीय नेपालीहरूकाे संगठन एनअारएनका पूर्व अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङकाे सम्पत्ति एक वर्षमा २३ करोड डलरले बढेकाे छ । यससँगै उनी अष्ट्रेलियाका धनाढ्यहरूको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् ।
फाइनान्सियल रिभ्युले जनाएअनुसार शेष घले र उनकी पत्नी जमुनाकाे कुल सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकाे छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो भने धनाढ्यकाे सूचीमा १०१ औं स्थानमा रहेका थिए । घले दम्पती यस वर्ष भने २३ कराेड डलर सम्पत्ति वृद्धिसँगै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।
अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्दै अाइरहेकाे साप्ताहिक म्यागेजनि बिजनेस रिभ्यु विक्ली (बीअारडब्लू) ले बिहीबार सन् २०१८ का सबैभन्दा धनाढ्य २ सय व्यक्तिको सूची प्रकाशित गरेकाे हाे ।
अष्ट्रेलियामा टेक्नोलोजी सम्बन्धी कम्पनी ‘मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी’ (एमआइटी) चलाइरहेका घले दम्पतिकाे विभिन्न देशमा शिक्षा, हाेटल, रियल स्टेटलगायत क्षेत्रमा ठूलाे लगानी छ ।
उनलार्इ धनी बनाउने पहिलाे कम्पनी नै एमआइटी हाे । यस संस्थाकाे प्रमुख संस्थापक रहेका घले प्रमुख कार्यकारी अधिकृत (सिइअाे) का रूपमा कार्यरत छन् भने सहायक संस्थापक रहेकी उनकी श्रीमती गुरुङ निर्देशक छिन् । याे दम्पतीले सन् १९९६ मा एमअाइटी स्थापना गरेका हुन् । स्थापना कालयता यो संस्था अष्ट्रेलियाको स्नातक र स्नातकोत्तर तहमा व्यापार र सूचना प्रविधि विषयको डिग्री दिने एक प्रतिष्ठित निजी शैक्षिक संस्था बन्न पुगेको छ । यहाँ एक वर्षमा झण्डै तीन हजार देशी-विदेशी विद्यार्थीहरूले डिग्री लिने गरेका छन् ।
यी हुन् अस्ट्रेलियाका टप टेन धनाढ्य :