विश्व खेलकुदकै सबैभन्दा चर्चित र अपेक्षित विश्वकप २०१८ सुरु हुन अब २१ दिन बाकीं रहेको छ । टोलीहरु आफ्नो तयारीमा जुटिरहेका छन् । तर केही त्यस्ता खेलाडीहरु छन् जो विश्व फुटबलमा अत्याधिक नाम कमाए बापत आफ्नो राष्ट्रको विश्वकप टोलीमा पर्न असफल रहे । विश्वकप टोलीमा नपरेका ३ ठूला स्ट्राइकर यी रहेका छन् ।
१. एलेक्जान्डर लाकाजेट – फ्रान्स आर्सनलका फरवार्ड एलेक्जान्डर लाकाजेट यसै सिजन प्रिमियर लिगमा पाइला टेकेका हुन् । सबै प्रतियोगितामा १९ गोल गरेका लाकाजेटको प्रदर्शन आकर्षक त रहेन तर निराशाजनक पनि रहेन । लियोनबाट आर्सनल आउँदै विश्वकपमा आफ्नो स्थान थप सुरक्षित पार्ने लक्ष्य बोकेका लाकाजेटको स्थिती त्यसको ठीक विपरित भयो ।यसभन्दा अघि नियमित सदस्य रहे पनि किलियन बाप्पे, थोमस लेमार र नबिल फेकिर लगायत खेलाडीको राम्रो सिजनका कारण उनी फ्रान्ससँग रुस जान पाएका छैनन् ।
२. मौरो इकार्डी – अर्जेन्टिना यस घरेलु सिजन मौरो इकार्डीले इन्टर मिलानका लागि २९ गोल गरेका थिए । उनीभन्दा बढी गोल गर्नेमा लियोनल मेस्सी, मोहम्मद सालाह र ह्यारी केन मात्र रहेका थिए । उनको सिजनको मुल्यांकन अनुसार उनको अर्जेन्टिनी टोलीमा स्थान पक्का नै रहेको थियो ।तर गोन्जालो हिग्वाइन, पौलो डिबाला र सर्जियो अगुएरोको राष्ट्र टोलीमा उनले स्थान लिन असफल रहे । प्रशिक्षकका अनुसार अर्जेन्टिनाको अग्रपंक्तिको सहि संयोजन र खेलशैलीलाई याद राख्दै इकार्डीलाई उनले टोलीमा राखेनन् ।
३. एल्भारो मोराटा – स्पेन एल्भारो मोराटाले आफुलाई स्पेनका लागि एक महत्त्वपूर्ण सदस्यका रुपमा स्थापित गरेका थिए । उनले युरो २०१६ मा स्पेनका लागि सर्वाधिक ३ गोल पनि गरेका थिए । रियल म्याड्रिडबाट यस सिजन नियमित फुटबल खेल्ने चाहना राख्दै चेल्सी आएका मोराटाको सिजन भने सोचेअनुसार भएन । उनले लिगमा जम्मा ११ लिग गोल गरे भने अन्त्यमा टोलीमा आफ्नो स्थान पनि गुमाउन पुगे ।विश्वकपको दाबेदार मानिएको स्पेनिस टोलीमा पूर्व चेल्सी स्ट्राइकर डियगो कोस्टासेल्टा भिगोका इयागो आस्पास र भ्यालेन्सियाका रोड्रिगो फरवार्डका रुपमा रहेका छन् ।