आमिरले राखे महाभारत’मा दिपिकालाई द्रौपदी र अमिताभलाई धृतराष्ट्र बन्न प्रस्ताव


बलिउड अभिनेता आमिर खान यतिबेला आफ्नो फिल्म ‘ ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा व्यस्त छन्। यसपछि उनी आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ सुटिङ शुरु गर्नेछन्।

महाभारतको बनाउने घोषणा भएपनी यसका सबै पात्रहरु भने छनौट भईसकेको छैन।भारतीय मिडियाका अनुसार आमिर खानले ‘महाभारत’मा सलमान खानलाई कृष्णको भूमिकामा अभिनय गर्न प्रस्ताव राखेका छन्।

त्यस्तै आमिरले धृतराष्ट्रको भूमिकामा महानायक अमिताभ बच्चन र दिपिका पादुकोणलाई दौपदीको भूमिकामा प्रस्ताव राखेका छन् ।पद्मावतमा दीपिकाले ‘रानी’ पात्रमा गरेको सशक्त अभिनयबाट प्रभावित भएर आमिरले दिपिकालाई रोजेका हुन् तर अमिताभ र दिपिका दुबैले यो भूमिकाको लागी सहमत भइसकेका छैनन्।

भारतीय धनाढ्य मुकेश अम्बानीले सह निर्माण गर्ने ‘महाभारत’ को कुल बजेट १ हजार करोडको हुनेछ भने बाहुबली निर्देशक एस एस राजामौलीले यसको निर्देशन गर्नेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार