बलिउड नगरीमा आउनुअघि सोनाक्षी सिन्हा धेरै मोटि थिइन्।सोनाक्षीलाई चुलबुल पाण्डे सलमान खानले तौल कम गर्ने सल्लाह र सुझाव दिए।उनले आश्चार्यजनक रुपमा ९० किलोबाट ३० किलो घटाएर ६० किलो भएकी थिइन्।तौल घटाइन् र ‘दबंग’मा आफ्नो रुप अभिनयको जादु देखाइन्।दबंग फिल्मपछि सोनाक्षीले पछि फर्केर हेर्नु परेको छैन।
अब ‘दबंग ३’को लागी सोनाक्षीले फेरी तौल घटाएर स्लिम बनेकी छिन्।उनले आफ्नो स्लिम तस्विर इन्स्टाग्राममा पोष्ट गरेर प्रसंशकहकहरुलाई अचम्ममा पारिदिइन्।
नियमित जिम जाने गरेकी सोनाक्षी खानामा समेत सचेत छिन् र कम खाना खाने गर्छिन्।
सलमानकै भाई अरबाज खानले निर्देशन गर्ने फिल्म ‘दबंग ३’मा सलमानकै लागी सोनाक्षी दुब्लाएकी हुन्।
शरीरको तौल घटाउन ट्रेनर समेत राखेकी सोनाक्षी,स्विमिङ गर्ने,टेनिस खेल्ने र जिम गर्ने गर्छिन्।
हेर्नुहोस् भिडियो