सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बुधबारबाट प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
छलफल अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा राष्ट्रपतिबाट यही जेठ ७ गते संघीय ससद्को दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा सत्तापक्ष सांसदहरुले सरकारको निति तथा कार्यक्रमको समर्थन गर्दे बचाउ गरेका छन् भने प्रतिपक्षी दलका सांसदहरुले कडा आलोचना गरेका छन् । छलफलमा भाग लिदै नेकपा सांसद ओनसरी घर्ति मगरले दुई तिहाई सरकारले ल्याएको निति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । उहाले मुलुकको समृद्धिका लागी सरकारको कार्यक्रम महत्वपूर्ण भएको भन्दै छिमेकी मुलुकसंगको सम्बन्ध सुमधुर बनाउदै अघि बढ्नुपर्ने बताउनुभयो ।
छलफलमा माग लिदै काग्रेस सांसद मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम स्पष्ट आधारमा रहेर आउनुपर्नेे बताउनुभयो । कसैले हल्लाउन नसक्ने सरकारले यस्तो कमजोर कुरो गर्दा नागरिकमा ठूलो निराशा उत्पन्न गराएको भन्दै उहाँले अहिलेको सरकारले यस्तो भन्न नसुहाउने बताउनुभयो । उहाँले अब सरकारले ल्याउने बजेटले सबै क्षेत्र र वर्गलाई समेट्ने गरी ल्याउन सुझाव दिनुभयो ।
त्यस्तै छलफलमा भाग लिने सांसदहरुले नीति तथा कार्यक्रम महत्वकांक्षि रहेको भन्दै कार्यान्वयनमा चूनौति रहेको धारणा राखेका थिए । नीति तथा कार्यक्रममाथि संघीय संसद्मा ( तीन दिनसम्म छलफल हुने कार्यसूची छ