एमसीसी, नेपाल र नेदरल्यान्ड्सबीच लर्डस् ग्राउण्डमा त्रिकोणात्मक टी २० क्रिकेट हुँदै

लन्डन– एमसीसी (मार्लेबोन क्रिकेट क्लव), नेपाल र नेदरल्यान्ड्स क्रिकेट टिमबीच त्रिकोणात्मक टी २० मैत्रीपूर्ण क्रिकेट खेल हुने भएको छ ।

जुलाई २९ तारिखमा विश्वविख्यात लर्डस् ग्राउण्डमा त्रिकोणात्मक टी २० मैत्रीपूर्ण क्रिकेट खेल हुने भएको हो । नेपाली टिमका कप्तान पारस खड्काले दोस्रोपटक लर्डस् ग्राउण्डमा उत्रन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

‘लर्डसमा फेरि खेल्छु भनेर सजिलै खेल्न सकिने ठाउँ पनि होइन । यस्तो प्लेटफर्मबाट विश्वसामु नेपाललाई चिनाउने फेरि ठूलो अवसर आएको छ ।


हामी आत्मविश्वासका साथ खेल्ने छौं,’ उनले भनेका छन् । लर्डस आएर इभेन्ट हेर्न अनि खेलाडीको हौसला बढाइदिन बेलायतवासी सबै नेपालीमा पारसले आग्रह समेत गरेका छन् ।
यसअघि २०१६ जुलाई १९ तारिखमा पहिलोपटक भएको विश्वविख्यात लर्डस् ग्राउण्डमा नेपाली टिमले खेलेको थियो । नेपाली क्रिकेट टोलीका कप्तान खड्काले नेपाली क्रिकेटरको हौसला बढाउनका लागि बेलायतवासी संघ संस्थाहरुले ठूलो मेहनत गरेको भन्दै प्रशंसा गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार