काठमाडौं / बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूख्य यसअघि दुई दिनसम्म स्थिर रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला सात सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।