सरकारद्वारा संसदमा प्रस्तुत आर्थिक बर्षको नीति तथा कार्यक्रममाथि ६ वटा संशोधनको सूचना दर्ता


काठमाडौं । सरकारले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि ६ वटा संशोधनका सूचना दर्ता भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधनमा संशोधन दर्ता गराएका हुन् ।

संशोधन प्रस्तावमा सभामुख र अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरिएकोमासंशोधन गरी नेपालको संविधानको व्यवस्था, मर्म र भावना, प्रचलित परम्परा अनुरुप सम्मानजनक पदावली प्रयोग गर्न माग गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका सुरेन्द्रकुमार यादव, रेनुका गुरुङ, प्रदीप यादव र राम सहायप्रसाद यादवले राष्ट्रिय सहमतिको आधारमा संविधान सशोधन गरिने बुँदा थप्न माग गरेका छन् ।

उता, राष्ट्रिय जनता पार्टी नेपालका सांसदद्वय अनिलकुमार झा र लक्ष्मणलाल कर्णले शहीदका परिवारको भरणपोषणको व्यवस्था गर्नु सरकारको दायित्व रहने भन्ने शब्द समावेश गर्न लगायतका विषयमा संशोधन प्रस्तुत गरेका छन् ।

विभिन्न राजनीतिक दलका २३ जना सांसदले १६ भन्दा बढी बँुदामा संशोधन हालेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार