मज्जाले निदाउन नकारात्मक होइन सकरात्मक सोच चहिन्छ

काठामाडौँ । स्वास्थ्य रहन हरेक कुराहरुमा ध्यान दिन जरुरी छ । खानपान , सरसफाई र निन्द्र आदिमा ख्याल गर्नु पर्छ ।
व्यस्त जीवनले गर्दा आजकल खाने समय र सुत्ने समयको टुङ्गो नै हुदैन । यसकारणले गर्दा हाम्रो शरिरमा ठूलो असर परेको हुन्छ ।

पर्याप्त निदाइएन भने डायबटिज , डिप्रेसन जस्ता रोगहरु लाग्ने डाक्टरहरु बताउछन् । गहिरो निन्द्रका लागि सुत्ने कोठामा मधुरो बत्तीे, खानेकुरा ,धुम्रपान नगर्ने , लामो सास फेर्ने , सकरात्मक सोच्ने र कफी नखाने जस्ता कराहरुमा ध्यान दिनुपर्ने विज्ञहरु बताउछन् ।

सकरात्मक सोच्ने :

सकरात्मक सोचको विकास गर्न विज्ञहरु सल्लाह दिन्छ । हार्वर्डको विश्वविद्यालयअन्तर्गतको टीएच चान स्कुल अफ अध्ययनले निराश भएको महिलाहरुको तुलनामा आशावादी महिलाहरुलाई रोगको संक्रमण कम हुने गरेको पत्ता लगाएको छ । मुटुको रोग, मस्तिष्क घात, श्वासप्रश्वाससम्बन्धी रोग र संक्रमण कम हेने पाएको छ । उक्त तथ्य पत्ता लगाउन आठ वर्षभन्दा बढी समय लगाएको उल्लेख गरिएको छ । यो अमेरिकी जर्नल अफ एपिडेमियोलजीमा प्रकाशित गरिएका थिए ।

कफी :

कफीमा क्याफिन हुन्छ जसले निन्द्रा लाग्नबाट रोक्छ । कफीजन्य पदार्थले दिमागलाई उत्तेजित बनाउने र राती लामोसमय सम्म सक्रीय बनाउछ ।
मधुरो बत्ती:

मधुरो बत्तीले निद्र लाग्न सहायता पु¥याउछ । यदि बत्ती बालेर राखेमा दिउसोको जस्तो वातवरण जस्तो दखिने हुँदा निन्द्र लाग्न सक्दैन । बत्ती निभाएर सुत्दा आँखामा शितलताको महशुस हुने हुँदा निन्द्र लाग्छ ।
खानेकुरा :

खानेकुरामा ध्यान नदिएमा पनि निन्द्र नलाग्ने हुन्छ । हाम्रो दिमागलाई शान्त बनाउने प्रकारको खानेकुरा खाएमा सजिलै निन्द्र लाग्नुको साथै स्वास्थ्य रहन्छ । राम्रो निदाउन दाल , फलफूल , सलाद दूधजस्ता हलुका खानेकुरा खान डाक्टरहरु सुझाव दिन्छन् ।

चुरोट सेवन नगर्नेः

चुरोटमा निकोटीन पाउने हुँदा यसले निन्द्रलाई असर पु¥याछ । धुम्रपान गर्ने व्यक्ति नगर्ने व्यक्ति भन्दा चार गुणा निदाउने विभिन्न अनुसन्धानबाट पत्ता लगाइसकेको तथ्य बाहिरा आइसकेको छ ।

लामो सास फेर्नेः

लामो सास फेर्दा स्वास्थ्यको लागि फाइदा हुने बेलायतको नर्थवेस्टर्न विश्वविद्यालयको एक अनुसन्धानबाट पत्ता लगाएको छ । उक्त अनुसन्धानमा नाकबाट लामो सास तान्दा हाम्रो दिमाग बलियो हुने र स्मरणशक्ति बढ्ने उल्लेख गरेको छ । लामो सास फेर्दा अक्सिजनको मात्र बढ्छ र सजिलै निदाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार