शिशुपाल श्रीकृष्णका फुपुका छोरा र छेदीका महाराज दमघोषका पुत्र थिए।
शिशुपाल तीन आँखा र चार हात लिएर जन्मेका थिए।शिशुपालको यस्तो अवस्थामा जन्मेको देखेर उनका बाबुले उनलाई त्यागदिने निर्णय लिएका थिए।तर त्यतिबेला एक ‘आकाशवाणी’ भयो।उक्त आकाशवाणीमा ‘समय आएपछि शिशुपाल जसको काखमा बसेको बेलामा उनको अतिरिक्त हात र आँखा आफैं झर्नेछ र त्यहि व्यक्तिको हातबाट उनको वध पनि हुनेछ।’
शिशुपाललाई दरबारमा एक बिशेष कार्यक्रमको आयोजना गरेर पालैपालो सबैको काखमा राखियो।जब श्रीकृष्णको काखमा शिशुपाल पुगे उनको अतिरिक्त आँखा र हात झर्यो।त्यतिबेला शिशुपालकी आमाले श्रीकृष्णलाई आफ्नै भाई शिशुपालको हत्या नगर्न रुँदै बिन्ती गरिन्।तब श्रीकृष्णले शिशुपालकी आमा अर्थात आफ्नी फुपुलाई बचन दिदैं भने- म शिशुपालको सय गल्ती-अपराध सम्म माफी दिनेछु।’
इन्द्रप्रस्थमा युधिष्ठिरले राजसूय यज्ञको तयारी गर्दै थिए।सबै राज्यका राजाहरु र विशेष अतिथीहरुलाई पनि निम्त्याइएको थियो।भिष्म पितामहको आज्ञा अनुसार श्रीकृष्णको बिशेष पूजा हुँदै थियो। त्यतिबेला शिशुपाल राज्यसभामा आएर श्रीकृष्णको पूजा गरेको भन्दै उनको अपमान गर्दै भिष्म पितामह,युधिष्ठिर,लगायत अरुलाई समेत गाली गर्न थाले।
श्रीकृष्णलाई गाली गरेकोमा बलराम,भिम,अर्जुले शिशुपालप्रति आक्रोसित हुँदै उनको वध गर्नेसम्म चेतावनी दिए।तब कृष्णले उनीहरुलाई सम्झाउँदै आफूले फुपुलाई उसको सय गल्तीसम्म माफी दिने बाचा गरेको भन्दै चुप रहन भने।
उता शिशुपाल झन्-झन् आक्रोसित हुँदै श्रीकृष्णलाई गाली गर्न थाले।अति भएपछि श्रीकृष्णले शिशुपाललाई भने-‘शिशुपाल अब तिमीले बोल्न धेरै छैन,यदि सय गल्ती भन्दा धेरै बोलेमा ठिक हुँने छैन।’
यति भन्दा पनि शिशुपाल रोकिएनन् र उनले श्रीकृष्णलाई गाली गर्दै रहे।जब श्रीकृष्णले गनेर उसको सय गल्ती पुर्याए तब श्रीकृष्णले आफ्नो सुदर्शन चक्र निकालेर शिशुपालको टाउको काटेर बध गरे।-(धारावाहिक शृंखला महाभारतबाट )