सुन तस्करीका नाइके ‘गोरे’ पक्राऊ, आत्मसमर्पण गरे कि पक्राउ गरियो तथ्य बाँझियो ? (भिडियोसहित)

केही बर्षको बीचमा ३८ सय केजी सुन तस्करीका मुख्य योजनाकार गोरे भनिने चुडामणि उप्रेतीलाई सुन प्रकरण छानविन गर्न बनेको समितिले मंगलबार सार्वजनिक गरेको दृष्य हो ।

गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्नेक्रममा साढे ३३ किलो सुनकाण्डका प्रमुख अभियुक्त चूडामणि उप्रेति अर्थात गोरे निक्कै आत्मविश्वासको साथ प्रस्तुत भएको देखियो । पत्रकार सम्मेलनमा पत्रकारहरुले सार्वजनिक भएका गोरेलाई टोपी खोल्न आग्रह गरेका थिए । त्यस लगत्तै उनी केही आक्रोशित मुडमा आए र टोपी मात्र खोलेनन् कि पत्रकारहरुलाई अपशब्द नै बोले ।

गोरेले टोपीमात्र खोलेनन् मुख छोपेको माक्स नै खोलिदिए । जुन पत्रकारहरुले अपेक्षा गरे भन्दा बढी थियो । टोपी र मास्क खोल्दा उनीमा गज्जवको आत्मविश्वास देखिएको थियो । उनको बडी ल्याङवेज र हाउभाऊ हेर्दा लाग्थ्यो, मैले किन मुख लुकाउनु, मुख लुकाउनु पर्ने मान्छे अरू नै छन् । गारेले आफू चाँडै पक्राउ परेर घटनाको इतिबृत्ति बताउन खोजे जस्तो देखिन्थ्यो ।

तर, मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुन प्रकरणको छानविन गर्न बनेको समितिका संयोजक ईश्वरप्रसाद पौडेलले गोरेलाई विशेष सुचनाको आधारमा काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको जनाकारी दिए । गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा मंगलबार विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको छानविन समितिले जनाएको हो ।

छानविन समितका संयोजक पौडेलले गोरे पक्राउ परेपछि थप नयाँ नयाँ सूचना प्राप्त भएको जानकारी दिएका छन् । अनुसन्धान अझै अगाडी बढ्ने र यस पछाडीका अन्य ब्यक्तिहरुको बारेमा अनुसन्धान हुने जानकारी दिए ।

गोरेले आत्मसमर्पण गरेको खुलासा, फेला प¥यो पत्र र भिडियो

सुन तस्करी प्रकरणका मुख्य नाइके अभियुक्त चुडामणी उप्रेती गारेले प्रहरी समक्ष आत्मसमर्पण गरेको खुल्न आएको छ । छानविन समितिले गोरे विदेशमा लुकिछिपी बस्दै आएको र हाल उनलाई काठमाडांै गौरीघाटमा पक्राउ गरिएको बताएपनि गोरेले केही दिन अघि नै आफ्नो जीवन रक्षा होस भनि नेपाल मानव अधिकार संगठनमा निवेदन दिएको पत्र सार्वजनिक भएको छ । गोरेले आफ्नो जीवन रक्षाको माग गर्दै आफ्नो भनाइ छानवीन समिति र सरकारसामु राख्न आफू सार्वजनिक हुन चाहेको व्यहोराकोे पत्र मानव अधिकार संगठन समक्ष जेठ ३ गते दिएको देखिएको छ ।

उनले आफूलाई मात्र घटनाको प्रमुख दोषी देखाइएकोमा आपत्ति जनाइएका छन् । उनको भनाइले सुनकाण्डमा प्रहरी संलग्न भएको र यो दोष मेट्न आफनो ज्यानको खतरा भएको संकेत गरेका छन् । मानव अधिकार संगठनमा पत्र लेखेको ६ दिनपछि उनी पक्राउ परेका छन् । उनी पहिले मानव अधिकार संघ संगठन, कानून ब्यवसायीसँगको परामर्श पछि मात्र पक्राउ परेको हुनसक्ने घटनाक्रमले देखाएको छ ।

गोरेले लिए सुन तस्करीमा संलग्न अन्य व्यक्तिको नाम

३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेको पक्राउसँगै अनुसन्धानले नयाँ मोड लिएको छ । यसले आफूहरुको अनुसन्धानलाई थप बलियो बनाएको र थप रहस्यहरु खुल्ने छानबिन समितिले जनाएको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले गोरेले प्रकरणमा प्रतिवादी बनाइएका ६५ जना बाहेक अन्य व्यक्तिको बारेमा समेत मुख खोलेको जनाएको हो ।

समितिका संयोजक पौडेलले करिब ३८ क्वीन्टल सुन तस्करीको विषय अत्यन्त जटिल, गम्भीर र संगठित प्रकृतिको अनुसन्धान भएकाले गहिराइका साथ अनुसन्धान जारी राख्ने बताएका छन् ।

सुन तस्करी जस्तो गभ्भीर बिषयमा तथ्यमा सरकार र गोरे दुवैले डाँटेको देखिएको छ । गोरेलाई मंगलवार नै विराटनरस्थित जिल्ला अदालत मोरङमा हाजिर गराउँन विराटनगर पु¥याइएको छ ।

गभ्भीर तथ्यमा सरकार र गोरे दुवैले ढाँटे

साँढे ३३ किलो सुनकाण्डमा मंललबार पक्राउ परिएका भनिएका चुडामणी उप्रेती गोरे सार्वजनिक भएपछि झनै घटना र अनुसन्धान रहस्यमय बन्न थालेको छ । सुनकाण्डजस्तो गम्भीर तथ्यमा गोरे र अनुसन्धान समिति दुबैका केही प्रमाणहरु झुठा देखिएका छन् । सरकारले मंगलबारमात्रै गौरीघाटबाट सनमलाई पक्राउ गरेको बताएको छ । पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छानविन समितिको यो भनाई ।

तर गोरे पक्राउ परेको नभई आत्मसमर्पण गरेको खुल्न थालेको हो । जव गोरेले मानब अधिकार संगठनलाई आफ्नो जीवन रक्षा होस् भनेर लेखेको पत्र बाहिरियो तब अनुसन्धान टोलीको पक्राउ गरिएको भन्ने भनाईमा आशंका उब्जिएको छ ।

छानविन समितिले गोरे विदेशमा लुकिछिपी बस्दै आएको र हाल उनलाई काठमाडांै गौरीघाटमा पक्राउ गरिएको बताएपनि गोरेले जेठ ३ गते आफ्नो जीवन रक्षाको माग गर्दै आफ्नो भनाइ छानवीन समिति र सरकारसामु राख्न आफू सार्वजनिक हुन चाहेको व्यहोराकोे पत्र मानव अधिकार संगठन समक्ष दिएको देखिएपछि उनले आत्मसमर्पण गरेको हुन सक्ने आंकलन गर्न ग्राहो छैन ।

त्यस्तै अनुसन्धान टोलीले उनी भारतमा लुकिछिपी बस्दै आएको बताएपनि उनले जेष्ठ ३ गते लेखेको पत्र लगाएत विषय पनि रहस्यमय देखिन्छ । हाल उनी नेपालमा पक्राउ परेको नभई भारतबाट पक्राउ परेको भन्ने सुचना आए पनि छानविन समितिले त्यसलाई स्वीकार गरेको छैन ।
सरकारले मात्र होइन तस्करका नाइके गोरेले पनि झुटमाथि झुट बोलेका छन् ।

गोरेले केही समय अघिमात्र फेसबुक लाइभ लाइभमार्फत आफु निर्दोष रहेको बताउँदै सनम शाक्यको हत्यामा आफm्नो भूमिका नरहेको बताएका छन् ।

उनले भनेका छन् यो काण्डमा मेरो कुनै संलग्नता छैन । भनेका छन् म भएको भए सनमको हत्या हुँदैन थियो । तर केही समय अगाडि सार्वजनिक भएको यो अर्को भिडियो हेर्नुहोस् जहाँ गोरेले नै सनम शाक्य र उनले पक्राउ गरेका अन्य व्यक्तिलाई करेन्ट लगाएको देखिएको छ ।

सुन काण्डका नाइके गोरे भनिने चुडामणि उप्रेतीले सनम शाक्य लगायतलाई चरम यातना दिएको भिडियोमा सनम शाक्य, कृष्ण कार्की र उर्लाबारी ४ का मने काफ्लेलाई चरम यातना दिएको देखिन्छ । र, त्यही कारण शाक्यको मृत्यु भएपछि मात्रै यो घटना सार्वजनिक भएको हो ।
गोरे पक्राउ परेपछि सतहमा आएका तथ्य र प्रमाणहरुले गम्भीर विषयमा सरकार र गोरेले बोलेको झुट बोलेको आशंकाहरु झन् बढ्न थालेको छ ।

गोरेको पक्राउसँग्ै धेरैले प्रहरीका थप हाकिमहरु र नेताहरुपनि अनुसन्धानको घेरामा आउनसक्ने अनुमान गर्न थालिएको छ । छानविन समितिले गोरे पक्राउ परेको बिषयमा गलत तथ्य वाहिर ल्याए जस्तो देखिएको छ भने गोरेले पनि आफू बच्न गलत तथ्यहरुलाई स्थापित गर्ने कोसिस गरेको जस्तो देखिएको छ । यो अवस्थामा अझै छानविनको दायरालाई फराकिलो बनाउँदै सत्य तथ्य वाहिर ल्याउँन जरुरी छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार