गोरे पक्राउ परेको नभई आत्मसमर्पण गरेको खुलासा (पत्र सहित)

मोरङ । साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेती उर्फ गोरेलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको छ ।

गोरेसहित यस प्रकरणमा संलग्नहरूविरुद्धको मुद्दा मोरङ जिल्ला अदालतमा विचाराधीन छ । गोरेलाई मोरङ ल्याइएपछि उन हेर्न अदालत परिसरमा सर्वसाधारणको भीड लागेको छ ।

गोरेलाई केहीबेरमा अदालतमा पेश गरिँदैछ । साढे ३३ किलोसहित तस्करीको ३८ क्विन्टल सुन र सुन तस्करीसँगै जोडिएको मोरङका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस सकिएको छ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ३० जना अभियुक्तलाई पक्राउ परेका छन् । ६५ जनाविरुद्ध मुद्दा दर्ता भए पनि ३० मुद्दा दर्ता भएको दिन वैशाख १९ सम्म ३० जना पक्राउ परेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका ३० जनासहित पहिले ६३ र थप दुईजना गरी ६५ जनाविरुद्ध संगठित अपराध, अवैध रूपमा सुन चोरी पैठारी, शरीर बन्धक तथा अपहरण र ज्यान मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत मोरङले मंगलवार आदेश जारी गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणामा पक्राउ परेका ३० जनालाई थुनामा राख्ने या धरौटी तथा सामान्य तारेखमा रिहा गर्ने बारे सुनुवाई गर्नेछ । यसैबीच गोरेले नेपाल मानव अधिकार संगठनलाई जीवन सुरक्षाको माग गर्दै निवेदन दिएपछि उनले आत्मसमर्पण गरेको पनि बताइन थालेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार