सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारी जरिवानामा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारी गरी १३ हजारसँग जरिवाना असुल गर्न निर्देशन दिएको छ । अख्तियारले राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार १३ हजार ३९० जनालाई जरिवाना गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको हो ।

भ्रष्टाचार निवारण ऐनको दफा ५० ९१० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । उक्त समयमा विवरण नबुझाएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३१९२० बमोजिम जनही पाँच हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ ।

आयोगको निर्देशन अनुसार १३ हजार ३९० कर्मचारीलाई जनही पाँच हजार रुपियाँका दरले जरिवाना हुनेछ । अख्तियारले आयोग बैठकको निर्णय अनुसार सम्बन्धित पदाधिकारी र कर्मचारीलाई कारबाही गरी सोको जानकारी आयोगमा पठाउन सम्बन्धित मन्त्रालय र सचिवालय र आयोग र केन्द्रिय निकायहरूमा लेखी पठाउने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार