पेट्रोलको मूल्य भारतमा भन्दा नेपालमा सस्तो

पेट्रोलको मूल्य भारतमा भन्दा नेपाल, पाकिस्तान, श्रीलंका, भूटान तथा बंगलादेशमा पनि सस्ता रहेको छ ।
भारत भन्दा गरिब देशले पनि उसको तुलनामा सस्तो रुपमा पेट्रोल डिजलको बिक्री गरिहेको छ । यसको प्रमुख कारणमा भारतका विभिन्न राज्यमा फरक फरक मूल्य हुनुलाई बताइएको छ ।

अर्थशास्त्रीहरुका अनुसार कुनै पनि सरकारले पेट्रोल तथा डिजलबाट प्राप्त हुने राजस्वका कारण यसको मूल्यका आकासिएको हो ।भारतमा पट्रोल तथा डिजेलको मूल्य उच्च तहमा पुगेको छ । दिल्लीमा सोमबार पेट्रोलको मूल्य प्रति लीटर ७६.५७ भारु पुगेको थियो । यो भन्दा पहिले २०१३ को सेप्टेम्बर १४ मा दिल्लीमा पेट्रोलको मूल्य ७६.०६ भारु पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धि तथा डलरको तुलनामा भारतीय रुपैयाँम्को अवमूल्यन भएकाले मूल्य बढेको बताइएको छ ।यद्यपि पेट्रोल तथा डिजलको खुद्रा मूल्य देशभित्रका अलग अलग राज्यमा लगाइने करको भूमिका रहदै आएको छ ।

पेट्रोलमा लगाइने करको दृष्टिकोणबाट हेर्ने हो भने दिल्लीमा पेट्रोलको मूल्य प्रति लीटर ७६ भारु पर्न जान्छ । यसबाट कर हटाउने हो भने मूल्य सिधै आधा पर्न जान्छ ।
पेट्रोलियम कम्पनी इन्डियन आयल कर्पोरेसनका अनुसार सोमबार दिल्लीको पेट्रोलको मूल्य प्रति लीटर ७६.५७ भारु थियो । यसैगरी मुम्बईमा ८४.४० रुपैयाँ र चेन्नोइमा ७९.४७ रुपैयाँ थियो ।-कारोबार दैनिकबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार