सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायीलाई पनि पक्राउ गर्न थालेको छ । मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् ।
भीएलएको कार्यालयमा छापा हानेर प्रहरीले श्रेष्ठलाई फत्राउ गरेको हो । कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।इड स्पेस म्यानपावरमा सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्ने काममा उनको श्रेष्ठको भूमिका भएको आरोप छ ।श्रम तथा रोजगामन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने घोषणा गरेका थिए । उनले मलेसियमा नयाँ सरकार बनेलगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन कुटनीतिक पहल गरेका थिए ।त्यसको प्रतिक्रया स्वरुप विदेश जाने कामदारको मेडिकल परीक्षण व्यवसायीले रोकिदिएका छन् । श्रम मन्त्रालयले गृह मन्त्रालयलाई सिन्डिकेटधारी अवैधानिक धन्दा चलाउने व्यवसायीलाई फत्राउ गरेर कारवाही गर्न फाइल पठाएको थियो ।