ओली र माधव नेपालसँग रुष्ट बन्दै झलनाथ खनाल, वरियतासमेत अस्वीकार

काठमाडौं । तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालसँग रुष्ट बनेका छन् ।

सँसदीय बरीयतामा आफुलाई माधव नेपालभन्दा तल पारिएकोमा उनी रुष्ट बन्दै उनले आफ्नो वरियतासमेत अस्वीकार गरेका हुन् ।


चीन भ्रमणबाट स्वदेश फर्के लगत्तै उनले भने केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे यो म कुनै हालतमा मान्ने छ ।

पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालिन पार्टी एकता संयोजन समितिका सदस्य खनालले आफू अनुपस्थित हुने हिसाब किताबका आधारमा पार्टी एकताको मिति तय गरिएको दावीसमेत गरेका छन् । पार्टी एकता हुने अघिल्लो दिन ओलीसँग एउटै कार्यक्रममा हुँदा पनि एकताको जानकारी नदिइएको उनले बता ।

आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको बेला व्यापारिक प्रयोजनले गएको भनी चरित्रहत्या गर्न खोजिएको समेत उनले बताए ।
खनालले ओली र माधव नेपालको मिलेमतोमा पार्टीभित्र दमनचक्र चलाउन खोजिएको आरोप पनि लगाए ।

अत्यन्त आक्रोशित मुद्रामा प्रस्तुत भएका खनालले आफूखुसी तोकिएको वरियता स्वीकार नगर्ने प्रष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार