छोटो स्कर्ट लगाएको टिप्पणीबारे आक्रोसित हुँदै करिश्माले लेखिन् यस्तो स्टाटस

सुन्दरताका कारण चर्चित नायिका करिश्मा मानन्धर पछिल्लो समय एक सार्बजनीक कार्यक्रममा लगाएको पहिरनको कारण निकै चर्चामा आएकी छन् । छोरीको डेब्यु फिल्म एउटा यस्तो प्रेम कहानीको प्रेसमिट कार्यक्रमा करिश्मा छोटो स्कट लगाएर कार्यक्रममा उपस्थित भएकी थिईन् ।पहिरनको कारण उनी अप्ठेरो महशुस गर्दै छिनछिनमा लुगा मिलाउन ब्यस्त देखिन्थीन् ।सोही समय उनी क्यामरामा कैद भएकी थिईन् लगत्तै उनका तस्वीरहरुमो सामाजिक संजालमा टिकाटिप्पणी हुन शुरु भयो ।

करिश्माले २१औं शताब्दीमा स्वतन्त्रपूर्वक जिउन पाउने अधीकार माथी पत्रकार मिडियाले हनन् गरेको आरोप लगाएकीछिन् । उनी लेख्छिन् “यो पहिरन झण्डै सात वर्ष पुरानो हो । यो विशेषगरी अधवैंशे महिलाहरुले लगाउने गर्छन् । तर खोइ के हो, केही मानिसहरुको आँखामा के जडान गरेको हुन्छ कुन्नी । अझ कबु (छोरी कविता) ले त ममी यस्तो हजुरआमाको ड्रेस नलगाउ भनिरहेकी थिइन् ।”

आफु कलाकार भएकोले आफनो हरेक परिहन ग्लामरसंग जोडिएको हुन्छ भन्दै उनी अगाडी लेख्छिन् “एक्काइसौं शताब्दीको दोस्रो दशकमा आइपुग्दा पनि स्वतन्त्र देशमा एउटा नागरिकले आफूले चाहेको खान, लगाउन र बोल्न नपाइने रु ठीक छ, मैले लगाएको पहिरन गलत भयो होला, त्यसबारे टिप्पणी गर्नुस् तर मेरो बोल्ने शैली, उमेर, मेरा रहर, मैले पूरा गर्न खोजेको इच्छा हरेक कुराको हाँसो बनाएर के पाउनुहुन्छ ??

के यो कोर्ट र स्कर्ट मैले घरमा बस्दा लगाउनु ?’ उनले आफनो उमेर र पहिरनको बारेमा नकरात्मक टिप्पणी गर्नेहरुलाई फेसबुकमाफर्त नै पित पत्रकारिताको सम्मानस्वरुप’ भन्दै शिरदेखि पाउसम्म कालो पोशाक लगाएको तस्बिर पोस्ट गर्दे आफना आलोचकहरुलाई कडा जवाफ दिएकीछिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार