एजेन्सी । दैनिक खानामा स्याउ, नासपति तथा गाँजरलाई प्रयोग गरेमा मुखमा आवश्यक मात्रामा सलिभा अर्थात (याल निस्कन्छ । जसबाट दाँत सफा रहन्छ र दाँतको चमक पनि प्राकृतिक रुपमा नै आउँछ ।
दाँत चम्किलो बनाउन यी उपायहरु :
१) दैनिक रुपमा बदाम या ओखरको सेवन गर्नुहोस्, यसले दाँतमा जमेको फोहोरलाई सफा गर्दछ । र पहेलोपना हटाउन मद्यत गर्छ ।
२) एउटा स्याउको टुक्रा लिएर दाँतमा दल्नुहोस् । यसले दाँतको चमक बढाउँछ । किनकी स्याउमा मेलिक एसिड (Malic acid) हुन्छ । यसले दाँतको पहेलापनालाई हटाउन मद्यत गर्छ ।
३) नियमित दाँतको जाँच गर्नु पनि उत्तिकै आवश्यक छ । यसो गरेमा समयमा नै दाँतको रोग सम्बन्धी थाहा हुन्छ । र समयमै उपचार गर्न सकिन्छ । जसबाट दाँतको चमक हराउन पाउँदैन ।
४) चिया तथा कफिको सेवन कम गर्नुहोस् । किनकी यसमा क्याफेन (Caffeine) रहेको हुन्छ । जसले दाँतलाई पहेलो बनाउँछ ।