परदेश मा भेटियका प्राय साथीभाई लाई मेरो एउटा प्रश्न हुन्छ ,”तपाईं नेपाल मा के गर्दै हुनुहुन्थ्यो र अन्तमा नेपाल छाडेर किन यता आउनु भो ? “ सबै पलायन हुनुको उदेस्य र कारण एउटै हुन नसक्लान तर प्राय को उत्तर हुन्छ देसको बिषम परिस्थिती अनी प्रतिकुल राजनैतिक अवस्था । सबै बिधमान राजनैतिक अवस्था, सरकार, राजनैतिक दल अनी तिनका कार्यकर्ता लाई दोश दिन्छन अनी आफु परदेसिन बाध्य भयको गुनासो गर्छन । अनी म ठट्टा गर्दै भन्छु देसमा २ करोड मानिस हरु, हाम्रा घरपरिवार हासी खुशी बाचेकै छन त हामी मात्र किन त्यो भिड मा अट्न नसकेर अन्तमा पलायन को बाटो रोज्न पुग्यौ ।कोही पहिला अरु देस गयर यता आयका, कोही ब्यापार ब्यवसाय छाडेर आयका, कोही लेक्चर, कोही शिक्षक, कोही डिग्री होल्डर बिद्यार्थी अनेक पात्र र प्रब्रित्ती को सँगम हुन्छ परदेसमा ।
सबैको पलायनको प्रसँग र उदेस्य एउटै नहून सक्लान तर प्राय युरोप अमेरिका आउने मान्छे ठुलो महत्वकाङ्क्षा बोकेर आयका हुन्छन ।सके सम्म मिले सम्म यतै बस्ने, यतै स्थापित हुने र अन्तमा जहान परिवार सहित बिदेसमै सदाको लागि स्थायी रुपमै बसोबास गर्ने ।मलाई बिदेश किन आयको भनेर अरुले सोध्दा मेरो उत्तर हुन्छ देशको बेथिती र राजनैतिक दुराअवस्था । नेपाल मै भइराखेको खोरिया मा कोदो मात्रै रोपेको भय पनि दुई छाक हात मुख जोर्न जिबनभर समस्या नहुने भय पनि देस को भद्रगोल बाट बच्न, फोहोरी राजनैतिक परिस्थिती बाट टाढा भाग्न परदेश भासियको एउटा आम गाउले नेपाली हुँ म । मैले एसो भनिरहदा एउटा स्वभाबिक प्रश्न आउछ ,के सबै म जस्तै देश बिग्रियो भनेर देश छाडेर भागे भने देश कहिले बन्छ, कसरी बन्छ ? यस प्रश्नको म सग जबाफ छैन ।
नेपाली मा एउटा उखान छ, “ताप्के बाट उफ्रेको माछो भुम्रामा ” । परदेश मा ठीक त्यस्तै भयको छ आजकल । देश को दुराअवस्था, फोहोरी राजनिती, ब्याप्त नाताबाद र कृपाबाद बाट जोगिन स्वदेस छाडेर पलायन को बाटो रोजेको, झन बिदेश मा त त्यो भन्दा पनि बढी समस्या देखा पर्न थालेको महसुस हुन्छ । कहिलेकाही यस्तो लाग्छ नेपाल को सबै बेथिती बाट आजित केही मानिस पलायनको बाटो रोजेर बिदेस आउने छन अनी फेरी तिनलाई यतै पनि लुट्न पर्छ भनेर केही मानिस हामी भन्दा अगाडी नै यहाँ आयर पासो थापेर बसेका छन । जती थाक्नु नेपालमै थाकियो, जती लुटिनु उतै लुटियो, परिवर्तन का नाम मा, राजनिती का नाम मा जती ढुङ्गा हान्नु, जती लाठी खानु, झन्डा बोक्नु उतै बोकियो अब यता आयर त सबै पीडित हामी मात्र नेपाली को नाम मा बाँच्न पाईन्छ कि भनेको यहाँ त झन नेपाल मा भन्दा पनि ठुलो जुङ्गाको लडाईं चलेको देखियो ।
नेपाल मा गाउ घर तिर फलाना साहुकहा यती दिन हलो जोतेको ज्याला नै दियनन भन्ने गर्छन मजदुरी गर्ने हलिदाइ हरु । बोल्न कराउन सक्दैन अनी मन मनै श्राप दिन्छन तिन्लाई मर्ने बेला मेरा पसिनाले पोल्छ, सजिलो श्वास जादैन । यहाँ युरोप आयका लाई पनि मजदुरी गरेको शाहु ले ठग्छ, ज्याला दिदैन अनी नेपाल मा भयका रबी लामिछाने लाई फोन गरेर रुनु पर्ने कस्तो बिडम्बना हो यो । फलाना लाई यस्तो दु:ख मा पैसा सापटी दियको खाइदियो भन्थे उता, यता साथी को मार्कासाउ मा फिङ्गरप्रिन्ट गर्ने पैसा नै नभयर सापट दियको, पैसा खायर संपर्क बिहिन भयो, दु:ख मा सापट दियको पैसा नै खाइदियो, यि अनी यस्ता कयौं गुनासा सुनिन्छन यहाँ । काम गर्यो साहुले तलब दिने हो होइन थाहा छैन, साहुले तलब दिन्छ, रेमिटेन्स खोलेर बसेको साथी मार्फत पैसा नेपाल पठायो, २/ ४ दिन सम्म घर का मानिस को हात मा पैसामा पर्दैन पछी थाहा हुन्छ रेमिटेन्स वाला मित्र संपर्क बिहिन छ । दिन रात एक गरेर कमायाको पैसो नेपाली ले नै खोलेको रेमिटेन्स बाट पठाउदा पनि सय पटक सोचेर मात्र पठाउन पर्ने कस्तो ठाउँ हो यो ।
नेपाल मा पनि नसुनेका दल र जात जाती का भात्री संगठन हुँदा रहेछन यहाँ । अञ्चल देखी टोल सम्मका समाज छन यहाँ ।मैले एक जना नेता जी लाई सोधे,”अर्काको देशमा आयर पनि राजनिती गर्नु पर्छ र ? “ तपाईं हरु यो खेल बन्द गर्नुस । उनी निकै झोक्कियर भने तपाईंलाई हामीले राजनिती गरेर केही फरक परेको छ ? “ मैले भने ,”मलाई त केही फरक पर्दैन यहाँ आयर पनि भात्रिसंघठन खोल्दा, को अध्यक्ष हुने झगडा देख्दा उदेक लाग्छ, बरु उतै नेपाल मै राजनिती गरेर बसेको भय बेस हुन्थ्यो, त्यही देख्न नपर्ला भनेर बिदेस भागेको ।उनले मलाई बिचार बिहिन मान्छेको सङ्ग्या दिय अनी भने बिदेस मा पनि एउटै पार्टी मा आस्था राख्ने को को छन ति जम्मा हुँदा बिचार मर्दैन रे दु:ख सुख मा काम लाग्छ रे ।
नेपाल मा त बलत्कार, महिला हिम्सा का धेरै घटना सुनिन्छ तर बिदेस मा बसेर पनि नेपाल का महिला लाई पीडा दिने पिडक यतै भेटिदो रहेछन । आफुलाई सामाजसेबी ठान्ने अनी फेक फेसबुक अाइडी खोलेर दुनियाँ लाई दुनियाँ भाती गाली गर्ने, अर्काको प्रतिस्ठा मा आच पुर्याउने प्रब्रित्ती निकै मौलायको पाईन्छ । खास्टो भित्र बाट मुड्की ताकेर कसैले देख्दैन, हिम्मत हुने ले अागाडी देखियर बिरोध गर्न सके मात्र त्यो सार्थक हुन्छ नत्र यो कायरता हो ।कोही नेपाली ले जघन्य अपराध गर्छ र त्यस लाई नेपाली भयकै नाताले कसैले जोगाउन वा लुकाउन खोज्छ भने त्यो झन ठुलो गलत कार्य हो ।
केही पात्र र प्रब्रित्ती ले गर्दा समग्र देस र समाज लाई नै बिदेशी को नजरमा बदनाम गराउन सक्छ । हामीलाई सहज लाग्ने प्रब्रित्ती उनिहरुलाई नपच्न सक्छ । हामी के कारण ले बिदेश पलायन हुन वाध्य भयौ र यहाँको समाज को मुल्य र मान्यता के हो बुझ्न सकेनौ, आत्मसात गर्न सकेनौ भने यसले कसैलाई फाईदा गर्दैन । हामी नेपाली हौ, पिआर र रातो पासपोर्ट ले हाम्रो रगत र छाला फेर्न सक्दैन न त हाम्रो बिचार चिन्तन र हामी हुर्के बढेको सस्कार लाई तर पनि बिदेशी भुमिमा कती सम्म सभ्य बन्न सकिन्छ त्यो कोशीस गर्नु जरुरी छ । त फलाना पार्टी, त फलानो जात को नभनी मिलेर बस्न सके मात्र त्यसैमा सबैको भलाई हुनेछ र अन्तरास्ट्रिय समुदायमा हाम्रो छाप राम्रो बन्नेछ ।
आफु जन्मेको माटो, जन्मदिने बाबुआमा, संगै का साथी सबै छाडेर बिरक्त भयर सात समुद्र पारी आयका हामी नेपाली त फलानो म ढिस्को नभनी मिलेर बस्न सकिदैन र त्यस तर्फ सबैले सोच्ने दिन आयन र ?