विमानस्थल इमिग्रेशनका कर्मचारीको चरम लापरवाही, २१ नेपाली विमानस्थलमै अलपत्र
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको इमिग्रेशनमा हुने लापरवाहीको विषय हामी देखाउदै आएका छौं । गत शुक्रबार त अति नै भयो । इमिग्रेशनमा कार्यरत कर्मचारी ठाकुर भट्टराईले कतार जान लागेका २१ जना नेपालीहरुको भिषामा कतारस्थीत नेपाली दुतावासको छाप नभएको भन्दै एरलाइन्सलाई बोर्डीङ नै नदिन भनेपछि २१ जना नेपाली विमानस्थलमा अलपत्र परे । हामीलाई यस विषयमा जानकारी आएपछि हाम्रो टिम शुक्रबार दिउँसो विमानस्थल पुग्यौ ।
२१ जना उनीहरु यस अघि पनि कतारमा काम गर्दै बिदामा नेपाल फर्कने गरेका थिए । यस पटक पनि उनीहरुले भिषा आयो र वैदेशीक रोजगार विभागको श्रम कार्यालयले श्रम अनुमजति पनि दियो ।
आफ्नै व्यक्तिगत सम्बन्धका आधारमा सबै काम सकिएपछि उनीहरुलाई म्यानपावरसँग सम्बन्धनै भएन । सबै जनाको शुक्रबार बिहान १० बजे वतनिया एरलाइन्स मार्फत कतार उड्नका लागि ७ बजे नै विमानस्थल पुगे ।
विमानस्थलको श्रम डेक्सबाट पनि उनिहरु पास भए तर जब उनिहरु वतनिया एरलाइन्सको काउण्टरमा र्बोडीङका लागि पुगे । त्यहाँ खटिएका कर्मचारीले भिषाका बिषयमा इमिग्रेशनका कर्मचारी ठाकुर भट्टराईसंग बुझ्दा उन्ले बिदेश पठाउन नमिल्ने बताए । वतनिया एरलाइन्सका कर्मचारले भट्टराईको मौखिक निर्देशन पछि उनिहरुलाई र्बोडीङ पास दिएन ।
२२ जना नेपाल विमानस्थलमा अलपत्र देखेपछि त्रिभुवन अन्तराष्ट्रि विमानस्थलका कर्मचारीले उनिहरुको समस्यामा सुनवाई शुरु ग¥यो । इमिग्रेसनका अधिकारी ठाकुर भट्टराईले नै उनिहरुसंगको छलफलमा पनि बिदेश पठाउन आवश्यक डकुमेन्ट नभएको बताए ।
श्रम स्विकृति लिएर विदेश जान लागेका उनिहरुलाई किन रोकियो भनि हामीले विमानस्थल श्रम डेक्स हेर्ने शिवराम शर्मालाई सोध्यौ र सबै डकुमेन्ट देखायौ । शर्माले पटक पटक आउने जाने गरेका व्यक्तिलाई रोक्न केही कारण नभएको स्पष्र्ट पारे ।
इमिग्रेसनले पहिलेनै यसरी किन रोक्यो भनि हामीले बिमानस्थल इमिग्रेसनका प्रमुख होमनाथ थपलियालाई सोध्यौ । थपलियाले आफुहरुले नरोकेको स्पष्ट पारे ।
तर बोर्डीङ नै नदिन मौखिक निर्देशन दिने विभाग ठाकुर प्रसाद भट्टराई भने फोन अफ गरेर हाम्रो सम्पर्कमा नै आउन चाहेन ।
बिहान ७ बजेदेखि विमानस्थल छिरेका उनिहरु दिउसो २ बजेसम्म भोकै थिए । वतनिया एयरलाईन्स र टिआईले उनिहरुको पिडा सुने पनि ईमिग्रेसनका कर्मचारीले भने चासो देखाएन् । इमिग्रेसनका कर्मचारीहरु सम्पर्कमा नआएपछि हामीले हामीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रमुख राजकुमार क्षेत्री,तथा प्रवक्ता प्रेम नाथ ठाकुरलाई पनि घटना जानकारी गरायााँै ।
करीब ३ घण्टा विमानस्थलमा बस्दा उनिहरुलाई रोक्नु पर्ने कुनै कारण नदेखेपछि वतनिया एयरलाईन्सले उनिहरुलाई विदेश पठाउने जिम्मा लियो । वतनिया एरलाइन्सका रुपेश झाले अलपत्र परेका सबै नेपालीहरुलाई विमानस्थलमा चिया खाजाको बन्दोबस्ती मात्रै गरिदिएनन्, एक रातको खान बस्नको समेत सम्पुर्ण जिम्मेवारी लिए ।
साथै २१ जना मध्ये छुटेकाहरुले अन्य एयरलाईन्सको टिकट काट्दा समेत वतनिया एयरलाईन्सले उनिहरुको टिकटको पैसा फिर्ता गरिसकेको छ ।
एयरलाईन्सले आफ्नो केही गल्ती नहुदा पनि अलपत्र परेका नेपालीहरुलाई विदेश पठाउन सवै जिम्मेवारी लियो तर २१ जना नेपालीलाई अलपत्र पार्ने विमानस्थलको इमिग्रेसनमा बसेका अधिकारी भने देखा समेत परेन् ।
नुवाकोटका सरकारी कार्यालयहरु कार्मचारीनै भेटिदैनन्
नुवाकोट । सरकारी कार्यालयहरुमा कामकाजको समय बिहान १० बजे देखि साँझ ५ बजेसम्म हो । तर नुवाकोटका केहि सरकारी कार्यालयका कर्मचारीहरु भने मध्यानसम्म पनि कार्यालय पुग्दैनन् । आइतबार मध्यान १२ बजे नुवाकोटको मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला समन्वय समितीको कार्यालय पुग्दा अधिकांश कर्मचारीका थिएनन् । यो नुवाकोट मालपोत कार्यालय, यसको मोठ फाँट मा पंखा नाचिरहेको छ तर कर्मचारी छैनन ।
यस्तै यो भुमीसुधार तथा मुद्धा फाँट यसमा पनि कर्मचारी छैनन् । तर यहाँ भने विचौलिया छन् । उनि आँफु कर्मचारी भएको भन्दै आँफै कागजपत्र मिलाउँदै छन् । हामीले सत्य बुझ्न अरुलाई सोध्न थालेपछि यिनै व्यतmी केहि बेरमै आँफु कर्मचारी नभएको बताउँछन् ।
यस्तै यो नामसारी दाखिला फाँट यसका अधिकृत ईश्वरमान श्रेष्ठ भित्र उल्लेख गरीएपनि कार्याकक्ष भने रित्तो छ ।
यस्तै यो दर्ता चलानी फाँट यसमा पनि कर्मचारी छैनन् । अब यि सबै कर्मचारीको व्यवस्थापन गर्ने कार्यालय प्रमुखको कार्याकक्ष, यो कार्याकक्ष करीब १ बर्ष देखि नै खाली छ । कार्यालयका निमित्त प्रमुख बुद्धीलाल श्रेष्ठका अनुसार विभागबाटै कार्यालय प्रमुख नपठाएका ले कार्यालय प्रमुख पद ने रिक्त रहेछ ।
कार्यालय लगभग रित्तो नै भएपछि सेवाग्राहीले कसरी सेवा पाउनु । निमित्त कार्यालय प्रमुख बुद्धीलाल श्रेष्ठ भने कर्मचारी आउँदै होलन भन्दै १२ बजेसम्म पनि बाटो हेर्दै थिए ।
यस्तै सँगै रहेको नापी कार्यालयका अवस्था पनि उस्तै छ । यहाँको सोधपुछ कक्ष देखि सर्वेक्षक दामोदर सुवेदीको कार्याकक्ष पनि खाली थियो । यहाँ पनि कार्यालय प्रमुख दशरथराज पोखरेलको कार्याकक्ष पनि खाली थियो ।
कर्मचारीको यस्तै तालको कारण सात दिने देखी एउटा काम नभएका सेवाग्राही पनि भेटीए यहाँ । अब जनप्रतिनिधिहरुले नै नेतृत्व गरेको जिल्ला समन्वय समितिको अवस्था पनि फरक छैन ।
हामी जिल्ला समन्वय समीतिको कार्यालयमा पुग्दा उपप्रमुख अपसरा थापा बाहेक कोहि पनि थिएन । उनले सरहरु मिटिङमा गएको बताइन । यो नुवाकोटका सरकारी कार्यालयको हविगत हो ।
टोखा झोरको बाटोको बेहाल ठकेदारले देख्दैनन्
काठमाडौं । विकास निर्माणको क्रममा ठेक्का लिएर काम हडप्ने तर काम नगर्ने प्रवृत्तिको शिकार टोखा हुँदै नुवाकोट जाने गल्छीको सडक भएको छ ।
२ किलोमिटर सडकको कालो पत्रे तथा ढलानको लागि १६ करोडको लागतमा रविना कन्सट्रक्सनले जिम्मा लिएको काम अझै सुरु भएको छैन ।
१८ महिनामा सम्पन्न गर्ने गरी लिएको आयोजनाको ६ महिना वितिसक्दा पनि अहिलेसम्म केही भएको छैन ।
दैनिक सयाँै सवारी चल्ने यो सडकको झोर मांकाल लालबरी खण्डमा सवारी साधानले दैनिक यही अवस्था भोगिरहका छन् ।
छोटो बाटो पर्ने भएपछि एम्बुलेन्सहरुले बढी मात्रामा प्रयोग गर्ने यो सडकमा हिजो आज एम्बुलेन्सहरु नै फस्ने गरेका छन् ।
समयमा सडक बनाउन स्थानियहरुले पटक पटक निमार्ण कम्पनीलाई घच्घच्याउँदा पनि ठकेदारले भने गर्छाै गर्छाै भन्दै टार्ने गरेका छन् ।
ट्राफिक प्रहरीकै सेटिङमा नियम मिच्छन् सवारी चालक, कसले कार्वाही गर्ने ?
हेटौंडा । मकवानपुरमा ट्राफिक प्रहरीसँगको सेटिङमा माइक्रो तथा म्याजिकले क्षमता भन्दा दोब्बर यात्रु बोकी रहेका छन् । हेटौंडा बजारबाट उपमहानगरपालिकाकै कमाने, नागस्वती, पश्चिम रजैया, मनहरीलगायतका क्षेत्रमा चल्ने यस्ता खाले माइक्रोलाइ १२ जना र म्याजिक लाई ८ जना मात्रै यात्रु बोक्न अनुमती बिलमा हुन्छ ।
तर ट्राफिक प्रहरीकै अघि म्याजिकले १्र४ जना र माइक्रोले १८ जनासम्म बोकेर कुदीईरहेका छन् । ट्राफिक प्रहरी देखे नदेखे जस्तै गरी बस्छन् । नियम विपरीत यात्रु बोक्ने सवारीलाई किन कारवाही हुँदैन भनेर यिनै सवारी चालकहरुलाई प्रश्न गर्दा ट्राफिक प्रहरीलाई अनि रुटमा पर्ने प्रहरीलाई मासिक रुपमा पैसा बुझाएपछि चल्न दिएको बताउँछन् ।
हामीले यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीलाई प्रश्न गर्दा त्यस्तो भएमा कार्वाही हुने बताउछन् ।
क्षमता भन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने सम्भावना बढ्छ भनि थाहा पाउने ट्राफिककै सेटिङमा बढी यात्रु बोकिए कसले कार्वाही गर्ने ?