पेम्बाले न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासंगको झण्डा सगरमाथाको चुचुरोमा फहराए


काठमाडाैँ । न्यूज २४ टेलिभिजन र न्यूज २४ को लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगको झण्डा सगरमाथाको चुचुरोमा फरफराइएको छ । कीर्तिमानी आरोही पेम्बा दोर्जी शेर्पाले सत्रौं पटक सगरमाथाको सफल आरोहण गर्दा यो सम्भव भएको हो ।

गत मे चौध अर्थात जेठ तीन गते विहान ११ बजे पेम्बा दोर्जी शेर्पा सगरमाथाको चुचुरोका सत्रौं पटक पाइला राख्न सफल भएका हुन् । उनले आफ्नो साथमा न्यूज २४ टेलिभिजनको झण्डा र सिधा कुरा जनतासंगको झण्डा र लोगो सगरमाथाको चुचुरोमा फहराएका थिए । साथै उनले राष्ट्रिय एकताका प्रतिक पृथ्बी नारायण शाहको मुर्ति पनि सगरमाथा चुचुरोमा उभ्याएका छन् ।

२०१४ को मे २१ मा आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर सबभन्दा द्रूत समयमा आरोहण गर्ने कीर्तिमान कायम गरेका थिए । जुन अहिले पनि विश्व कीर्तिमानकोरुपमा कायम छ । यसपटक भने पेम्बाको परिवारले नै नयाँ कीर्तिमान पनि उभ्याएका छन् । उनको परिवारका सबै ६ दाजु भाईले सगरमाथाको सफल आरोहण गर्दा परिवारका एकमात्र चेलीले पनि सगरमाथा चढदा परिवारका सबै सात सन्तान सगरमाथाको चुचुरोमा पुगेका छन् ।

पेम्बा सगरमाथा आरोहणको क्रममा रहेका महिला पत्रकारहरुको समूहका साथ पनि पुनः सगरमाथा आरोहण गरेर अठारौ पटक सगरमाथा आरोहण गर्ने प्रयासमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार