सामाजिक संञ्जालको दुरुपयोग गरि युवती ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ


विवाहित युवतीसँग सामाजिक सञ्जाल फेसबुकबाट ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवा प्रहरी फन्दामा परेका छन् । पूर्वी नेपालकी एक युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्ने दैलेख घर भई हाल वीरेन्द्रनगर, पिपिरा बस्ने जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले बुधबार नियन्त्रणमा लिई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ । प्रहरीका अनुसार ती युवतीको बिहेपूर्व जीवनसँग प्रेम सम्बन्ध थियो ।उतिबेला मोबाइलबाट खिचेका तस्बिर युवतीका पतिलाई ‘फेक’ फेसबुक आइडीबाट पठाएपछि युवती तनावमा परेकी हुन् ।जीवनले यसअघि पनि ब्ल्याकमेलिङ गर्दै एक लाख ८० हजार रुपैयाँ युवतीबाट असुलेको प्रहरीको भनाइ छ ।पछिल्लोपटक युवतीसँग तीन लाख रुपैयाँ मागेका थिए । उनले रकम दिन इन्कार गरेपछि फेक फेसबुक आइडीबाट जीवनले वैदेशिक रोजगारीमा रहेका युवतीका पतिलाई अश्लिल भिडियो, तस्बिर पठाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार