विद्युतको पोलमै करेण्ट, २ युवतीको मृत्यु , शव उठाउन आफन्तले मानेनन्

बागलुङको काठेखोला गाउपालिका ६ बिहुँकोटमा विद्युत करेण्ट लागेर दुई युवतीको शनिबार विहान मृत्यु भएको छ । आज बिहानै जंगलमा घाँस लिन गएका स्थानीय २० वर्षिया निशा कँडेल र २५ वर्षिया गुमा कँडेल विहान अबेर सम्म घरमा नफर्केपछी फोन गर्दा समेत सम्पर्क नभएकाले खोज्न जाँदा बिद्युत पोल नजिकै दुबै जना मृत अवस्थामा भेट्टिएका थिए ।
नेपाल बिद्युत प्राधिकरणको चरम लापर्बाहीका कारण दुइै महिलाको मृत्यु हुन गएको भन्दै स्थानीयले मृतक महिलाहरुको शव उठाउन दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिई गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारेपनि आक्रोशित जनसमूहले जबसम्म विद्युत प्राधिकरणले घटनाको जिम्मा लिँदैन तबसम्म शव उठाउन नदिने अडानमा रहेका छन् ।
धेरै पहिले देखी विद्युत पोलको माथी रहेको तार अडाउने ठाउबाट तार छुट्टिएर पोलमा छुने र त्यहाँबाट करेण्ट जमीनमा प्रवाह भएर बाटो हिँड्नेको ज्यान जानसक्ने भएको तर्फ प्राधिकरणको ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेकोले आज यस्तो दुखद घटना घट्न पुग्यो भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् । प्रधिकरणले बिद्युत पोलहरु जीर्ण रहेकोे समयमै त्यस्को उचित व्यवस्थापन गर्न नसक्दा यस्तो घटना घटेको स्थानीयको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार