जेठको दोस्रो साता देखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा

जेठ सात गतेदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याइने, एयर तथा ग्राउण्ड ट्राफिकमा सुधार हुने अपेक्षा
काठमाडौं । दैनिक १८ घण्टासम्म सञ्चालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अबदेखि २१ घण्टा सञ्चालन हुने भएको छ । चौविसै घण्टा विमानस्थल सञ्चालन गर्न सरकार तयार भएपनि विमानस्थलको पूर्वाधार भने बाधक बनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ ७ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा संचालनमा ल्याउने गरी तयारी थालेको छ । भइरहेका उडानलाई व्यवस्थित बनाउन र एयर ट्राफिकको समस्यालाई हटाउनको लागि मन्त्रालयले १८ घण्टामा सीमित विमानस्थलको सेवालाई बढाएर २१ घण्टा बनाउन लागेको हो । विगतमा १२ घण्टामा सीमित रहेको विमानस्थलको सेवालाई १८ घण्टा पु¥याएपनि आगामी दिनमा चौविसै घण्टा सेवा दिने उद्धेश्यले २१ घण्टा विमानस्थल खुला राख्ने मन्त्रालयले जनाएको छ ।

सरकारी तथ्यांक अनुसार हाल नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत रहेको छ । मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउने महत्वकांक्षी योजनालाई पूरा गर्नका लागि मन्त्रालयले विमानस्थलको सेवालाई बढाएको हो ।

अहिले विहान ६ बजेदेखि राति साढे १२ बजेसम्म आन्तरिक तथा बाह्य वायु सेवा कम्पनीहरुले उडान भरिरहेका छन् । २१ घण्टासम्म विमानस्थल सञ्चालन हुँदा सेवाग्राहीले भरपर्दो सेवा पाउने, एयर तथा ग्राउण्ड ट्राफिकमा कमी आउने र वायु सेवा कम्पनीहरुको संचालन खर्च घट्ने वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले जनाएको छ ।

विमानस्थल सेवाप्रदायक संस्था हो भने वायुसेवाले सेवा किनेर यात्रुहरुलाई बेच्ने गर्दछन् । तर विमानस्थल नसुध्रिएका कारण विमान कम्पनी र यात्रुहरुले सास्ती खेप्दै आइरहेका छन् । सरकारले भने सन २०१९ भित्र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याइसक्ने र सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार