एमाले माओवादीबाट नयाँ बन्ने पार्टीमा ४० जना पुरुष अटाएका छन् भने ३ जना मात्रै महिला परेका छन् । एकीकृत पार्टीको स्थायी समितिमा ४३ जना सदस्य रहनेछन् गरि नयाँ खाकामा सहमती भएको छ ।जसमा दुवै पार्टीबाट जम्मा तीन जना महिला अटाएका छन् ।
एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य मात्र अटाएकी छन् भने माओवादीका तर्फबाट पम्फा भुषाल र ओनसरी घर्तिमगर अटाएका हुन् । राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता संविधानले गरेपनि ४३ जना स्थायी समितिमा जम्मा तीन जना महिला नेता हटाउनु लज्जास्पद भएको टिकाटिप्पणी सुरु हुन थालेको छ ।