कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले लिए सामुहिक सपथ

काठमाडौं । माओवादी केन्द्र र एमालेकोे पार्टी एकता भईसकेको छ भने एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सामुहिक सपथसमेत लिएका छन् । पार्टी एकतापछि सबै सदस्यहरुले एकैसाथ बालुवाटारमा सपथ लिएका हुन् ।

त्यसोत, सोअघि ओली र प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए । एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णयसमेत बैठकले गरेको छ ।

एमाले र माओवादी केन्द्रको संयुक्त बैठक प्रचण्ड र ओलीको अध्यक्षतामा बसेको छ । बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ ।

दुवै पार्टीको छिट्टै केन्द्रीय कमिटीको बैठक बलाइँदै छ भने राष्ट्रियसभागृहमा केहिबेरपछि पार्टीको घोषणा गरिँदैछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार