धीरेन्द्रकी छोरी न्याय माग्दै, भारतीय झण्डालाई हाम्रो झण्डा भनेर पढाउदै स्कुल !(भिडियोसहित)

  झण्डाको बिषयमा सरोकारवालाको आरोप प्रत्यारोप, मामिला मन्त्री पण्डितको स्पष्टिकरण माग

जनकपुरधाम । गएको अंकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भम्रण आउँदा हाम्रा तर्फबाट भएका गल्ती र कमजोरीहरु देखायौं । जनकपुरको बाह्र विघामा गरिएको नागरीक अभिनन्दनमा २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेपालको संविधान विभेदकारी भएको आरोप लगाएको पनि देखायौ ।


मुख्यमन्त्रीको अभिव्यक्तीको विषयलाई लिएर आईतबार बसेका संघिय संसदको बैठकमा सदस्यहरुले असन्तुष्टी जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुख्यमन्त्रीको नम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्र कतिपय कुरा राष्ट्रि र कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी गर्नु भयो ।

यस्तै हामीले उठाएको अर्काे विषय हो दुई प्रधानमन्त्री उपस्थित भएको जानकी मन्दिरको मञ्चमा राखिएको नेपालको झण्डा । जंहा संविधानमा संविधान विपरित नेपालको झण्डाको किनारा भद्धा ठुलो बनाइएको थियो । त्यो झण्डा कसले र किन त्यस्तो बनायो भनि खोज्दै जाँदा नेपालको राष्ट्रिय झण्डाको स्वरुप विगार्नेमा सरोकारवाहरुबीच आरोप प्रत्याप सुरु भएको छ ।

परराष्ट्र मन्त्रालय र भारतीय दुतवासका कर्मचारीले जानकी मन्दिर भित्रको तयारीको सम्पूर्ण जिम्मेवारी मन्दिर महन्थलाई दिएको थियो । त्यसै अनुरुप मन्दिरले मञ्च, पुजापाठ सहित स्वागतका अन्य तयारीहरु मन्दिरले गरेको जानकी मन्दिरका छोटा महन्थ रोशन दास बैष्णव बताउँछन् । यदपी, मञ्चमा आफुहरुले झण्डा नराखेको जिकिर गरे ।

भारतीय दूतावास र मन्दिरको निर्देशनमा आफुले मञ्च, स्वागतद्धार तथा अन्य तयारीहरु गरेको ठेकेदार संजय मण्डल बताउँछन् । मञ्च तथा स्वागतद्धार निर्माण पश्चात स्थानीय प्रशासनले आफुहरुलाई बाहिर निकालेकाले मण्डल बताउँछन् ।

रामायण सर्किट तथा जनकपुर—अयोध्या मैत्री बस सेवा सञ्चालनको उद्घाटनसहित पूजापाठको तयारीको सम्पूर्ण जिम्मेवारी मन्दिर, प्रदेश सरकार, केन्द्र सारकार तथा भारतीय दूतावासले गरेको जनकपुर उपमहानगरपालिकाका प्रमुख मदन घिमिरेले बताए । मोदीको नागरिक अभिनन्दनका लागि उपमहानगरपालिकाले झण्डा बनाएपनि जानकी मन्दिर भित्रको झण्डा मन्दिरले नै बनाएको घिमिरेको दाबी छ ।

अहिले खोजी गर्दा सरोकारबाला सवै झण्डाका बारेमा जिम्मेवारी लिन तयार छैनन् । यता, संघिय मामिला मन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप बिगार्नु गम्भिर कम्जोर र संविधान विपरीत रहेको भन्दै प्रदेश नम्बर २ का मुख्य सचिवसहित सम्बन्धित उच्चपदस्थ अधिकारीहरुसंग स्पष्टिकरण मांग गरेका छन् ।

भारतीय पुस्तक पढाउने झापाको सूर्याेदय बोर्डिङ स्कुललाई कसले कार्वाही गर्ने ? प्रधानमन्त्रीको नाम मोदी पढाइदै

झापा । झापाको दमकस्थीत सूर्योदय अंग्रेजी बोर्डीङ स्कुलले नेपालको स्वाभिमान र राष्ट्रियता माथि धावा बोल्दै गलत तथ्यसहितको पुस्तक पढाइरहेको छ । यो बिद्यालयमा पढाई हुने कक्षा १ को न्यू एजुकेशन कन्भर्ससेन नामको पुस्तकमा त हाम्रो देशको नाम भारत, हाम्रो देशको राजधानी दिल्ली र प्रमुख शहर भन्दै भारतीय शहरहरुको नाम उल्लेख गरिएको छ । पुस्तकमा तिम्रो देशको प्रधानमन्त्री नरेन्द्र मोदी भएको भन्दै त्यही पढाईदैछ ।

सूर्योदय इङ्लिस बोर्डिङ स्कुल दमककी प्रधानाध्यापक म्याग्डेनियल सिहं भारतिय नागरिक भएकै कारण उनले .यी पाठ्यपुस्तको अध्ययन गराउदै आएकी छन् ।

कुनै पनि विद्यालयले पढाउने पुस्तकको बारेमा जिल्ला शिक्षा कार्यालयको अनुमति लिनु पर्छ तर यो विद्यालयलले भने अनुमति नलिई नेपाली राष्ट्रियताको ख्याल नै नगरी भारतीय पब्लिकेशनका पुस्तकहरु पढाई रहेको छ । आभिवावकहरु आफ्ना बालबालिकालाई राष्ट्र र राष्ट्रियताको बिषयमा गलत शिक्षा दिइरहेको बिद्यालयलाई कडा कारवाही हुनु पर्ने माग गर्दछन् ।


दमक नगरपालिकाले प्रकाशन गरेको राजपत्रको शिक्षा सम्बन्धिको परिच्छेद ६ को ३ दशमलब ३ नम्बर बुदामा उल्लेख भए अनुसार स्थानिय तहका बिद्यालयमा पठन पाठन हुने पाठ्यक्रम मन्त्रालयले निर्धारण गरे बमोजिम हुने छ भनेर प्रस्टै तोकिएको भए पनि दमकको सुर्योदय इंङलिस बोर्डिङले नगरपालिकाको राजपत्रकै धज्जी उडाएको छ ।

तर पनि नगर पालिकाले स्पष्टिकरण मात्र सोधेर छोडेको छ तर दमक नगर पालिकाका शिक्षा अधिकारी शालिग्राम काफ्ले भने यो विद्यालयललाई कारबाही गर्ने दाबी गर्छन् ।

बाल बालिकाहरुलाई भारतको गुनगान गलाउने र भारतको जयजयकार गराउँदै नेपाली राष्ट्रियताको धज्जी उढाउने खालका पाठ्रय पुस्तक पढाउदै आएको सो विद्यालयकी प्रिन्सिपल भारती नागरिक म्याग्डेनियल सिहं भने यो सामान्य गल्ती वताइरहेकी छिन् ।

राजपरिवारकी सदस्य श्रेया शाहले किन पाईनन् नागरिता ? नागरिकता नपाउँदा मानसिक तनाव

काठमाडौं । तत्कालीन राजपरीवार सदस्यलाई नै अहिले नेपालको नागरीकता लिन समस्या भएको छ भन्दा अनौठो लाग्न सक्छ तर तत्कालिन अधिराजकुमार धिरेन्द्रकी छोरी श्रेया राज्यलक्ष्मी शाहले नागरिकता पाउँ भन्दै दौडिएकी महिनौँ बितीसक्यो ।

८ बर्षको उमेरमा नै नाबालक परीचय पत्रको आधारमा राहधानी बनाएर आमा जया पाण्डे शाहसँग अमेरीका पुगेकी श्रेयालाई अहिले एमआरपी पासपोर्ट चाहिएको छ । जसका लागि नेपाली नागरीकता अनिवार्य छ ।

उनी नेपालको तत्कालीन राज परीवारको सदस्य भएर पनि काठमाडौ महानगरपालिका ३ न वडा कार्यालयले सिफारीस नदिएको कारण उनको नागरीकता बनेको छैन । नेपालीको पहिचानमै जिउन आँफुले अमेरीकी नागरीकता समेत नलिएकी उनी अहिले बिदा मनाउन नेपाल आएपछि फर्किन पाएकी छैनन् । उता उनको कलेज सुरु भएको छ भने यता नागरीकता नपाउँदा मानसिक तनाव छ ।

उनी पटक पटक कामाडौं महानगर पालिका ३ का वडा अध्यक्ष दिपक केसीलाई भेट्न वडा कार्यालय गहिरहन्छिन तर उनको जवाफ तिमी धिरेन्द्रको छोरी हैन सिफारीस दिन मिल्दैन भन्दै हकारेर पठाउँछन् ।

यो बिषयमा हामीले वडा अध्यक्ष दिपक केसीसँग बुझ्दा कानुनी रुपमा उनका बुवा धिरेन्द्र र आमा जया श्रीमान श्रीमती हुन भन्ने नदेखिएपछि सिफारीस दिन नसकिएको बताउँने गरेका छन् ।

तर धिरेन्द्रले २०४४ सालमा नै जया पाण्डेसँग मन्दिरमा बिहे गरेरका थिए । त्यसको एक बर्षपछि २०४५ साल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा श्रेयाको जन्मभएको थियो । अस्पतालले दिएको बर्थ सर्र्टीफिकेटमा आमाको नाम जया पाण्डे र बाबुको नाम धिरेन्द्र विर विक्रम शाह उल्लेख गरीएको छ ।

यती मात्रै होइन उनले पढेको रातो बंगला स्कुलको रेर्कडमा समेत बाबु धिरेन्द्र विर विक्रम शाह र आमा जया शाह उल्लेख गरीएको छ । उनका बाबु धिरेन्द्र शाह दरबार हत्याकाण्डमा ज्यान गुमाएका थिए । छोरी ठुली भै अब सँगै बसौँ भनेर अमेरीका बाट श्रेया र जया फर्किने तयारी गर्दा गर्दै यता दरबार हत्याकाण्ड भएको थियो ।

खाटा बस्न लागेको कहाली लाग्दो इतिहासको घाउ, बाबु जिवित नभएकै कारण नागरीकता नपाउँदा अहिले दिन रात चस्की रहेको छ श्रेयालाई ।

नागरिता पाउनु भन्दा बढी पीडा श्रेयालाई त्यतीबेला भयो जव उन्लाई तिमी धिरेन्द्रकी छोरी नै होईन भनियो । अहिले आँफु धिरेन्द्रकी छोरी प्रमाणित गर्न डिएनए टेष्ट गराउन पनि तयार रहेको बताउँछिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार