सकेसम्म पोर्चुगल नआएकै जाती ……

– फुर्बान रायमाझी

तस्बीर एनआरएन पोर्चुगलका अध्यक्ष कुबिर कार्कीको फेसबुकबाट लिएको हुँ।यहि तस्बीर लिएर पोस्ट गर्नुको कारण म छेउतिर देखिए,यत्ती हो।

म तस्बीरमा भन्दा बढी बिश्वास शब्दहरुमा गर्छु।तस्बीरमा भन्दा आनन्द शब्दहरुमा खोज्छु र आनन्दित हुन्छु,यो मेरो ब्यक्तिगत कुरा हो।क्यामेरासँग खुब लाज लाग्छ,डर लाग्छ।फोटोहरुमा खासै सौखिन छैन।अस्ति बुद्ध जयन्तीको दिन भने साथीहरुले धित मरुन्जेलसम्म थुप्रै फोटाहरु खिचे र डिलेट गरे होलान सायद।

अब तस्बीरका कुरा- यो स्थान पोर्चुगलको संसद भवन अगाडीको हो।दिनहुँ लेफ्ट राईट गर्ने पेस्तोलधारीहरु माथी सिढीँतिर उहीँ दैनिकीमा ब्यस्त छन।भित्रतिर संसदहरु बैठकमा ब्यस्त होलान।हिजो नेपालको संसद भवन पनि बढी नै थर्काईएको खबर आयो।यता हामीलाई पोर्चुगलको कार्ड दें भन्दै संसद भवनबाहिर हंगामा मच्चियो।म दोस्रोपटक हिजो यो कार्यक्रममा सहभागी भए।

म बिदाको दिनबाहेक अरु दिन कतै निस्किन्न,निस्किन भ्याउन्न,बिदामा जहाँ पनि पुग्न सक्छु,बोलाउनै पर्दैन।कुनैपनी पार्टीका कार्यक्रम,जाती,क्षेत्र,बर्ग,धर्म र समुहका कार्यक्रमहरुमा पनि पुग्छु।सप्पैले माया गर्नुहुन्छ,पुगिहाल्यो।

यो कार्यक्रम संयोगले जुरेको हो तर नेपालीहरुको उपस्थिति थोरै।हामी सप्पैभन्दा धैर्यवान छौ,शह्सनशील छौ,आशाबादी छौ र ब्यस्त पनि छौ भन्ने प्रमाण हो यो।ईन्डियन,बंगालीजस्ता देखिनेहरु ज्यादा।नारा उनैले घन्काए।हामी जिन्दावाद!जिन्दावाद!! जस्तै शब्दहरुमा साथ दियौ।हाम्रा साथीहरुले क्यामेरा अगाडि उभिएर अन्तरबार्ता दिए,म क्यामेरासँग लुके।

अचेल पोर्चुगलमा धारा १२३ को खुब चर्चा छ।कागजी प्रक्रिया पुगेकाहरुको धमाधम पेपर भैराखेको र डेट निस्किएको खबर पनि सुनिन्छ।हामी धेरै आशा गर्न सक्छौ,हामीसँग धैर्यता छ,सहनशीलता छ।शहनशीलताको शहरमा संघर्ष गर्दै हामी जीवनको मीठो पाठ सिक्दैछौ।मलाई यहि समयले सिकाएको जिन्दगी अचेल झनै मीठो लाग्छ।

लेखक – फुर्बान रायमाझी

सेन्जिङ प्रक्रिया पुगेर आएका साथीहरुलाई पोर्चुगल धेरै सहज बनेका खबरहरुले भुलाएको छ।अन्य साथीहरुको हकमा संबिधानको धारा १२३ ले अल्झाएको छ।आखिर संबिधानको जुन धाराको कुरा गरेपनी हामी आखिर अल्झिनै आएका त रहेछौ युरोप।मलाई चौथों बर्ष लाग्दै गर्दा अल्झाईको पीडा झन थपिएको महशुस हुन्छ।थुप्रै बर्ष यहाँ बिताएकाहरुको अल्झाईको छट्पटी पनि उस्तै देखिन्छ।अल्झिनु आफैमा पीडा हो रहेछ।

यो सब यस्तै त रहेछ!घर छाड्नु भनेको दुखको शुरुवात गर्नु हो।हामी दु:खसँग सामना गर्न सक्षम भएर मात्रै हो नत्र यताको जिन्दगी बेहाल हुन्थ्यो होला।तीनचार बर्ष पहिला कार्ड चाडै हुन्थ्यो अहिले समय लाग्छ भनेर कसैले भन्यो भने म तीनचार बर्ष पहिलेको आफ्नो पीडा सम्झिन्छु।अहिले कार्ड चाडै आउँछ भनेर कसैले भन्यो भने तीन बर्ष अघि फिङ्गर भएर आजसम्म कार्ड नआएका मेरा साथीहरुलाई सम्झिन्छु।चार बर्ष पहिला लिस्बोन आउँदा अब कार्ड दिन्न भन्ने हल्ला सुनिन्थ्यो मन आत्तिएर आउथ्यो,अहिले नि त्यही हल्ला सुनिन्छ।यी सब बकबास लाग्छ अचेल।

सँगै आएकाहरुको महिनौ अघि कार्ड हुन्छ,नआत्तिनुस।सँगै पेपर प्रक्रिया शुरु गरेकाहरु परिवार ल्याईसक्छन,नआत्तिनुस।आफुभन्दा पछि आएकाहरु पनि पेपर बनाएर घर फर्किन्छन,नआत्तिनुस।

सिस्टमले चलेको देश भनेर के गफ सुन्नु,कति गफ हान्नु? टेवलैपिच्छे निर्णयहरु हुन्छन्।वल्लो टेवलमा नभएको काम पल्लो टेवलमा हुन्छ।आज नभएको कति काम भोलि हुन्छ।महिना दिन पछि हुन्छ अथवा बर्षदिनपछी हुन्छ।हुनत पक्कै हुन्छ।नभएर कोहि फर्केको छैन आजसम्म।
तसर्थ केही नसुनौ!सकेसम्म पोर्चुगल नआएकै जाती कसैलाई,उसो त बिदेश नहिडेकै जाती।आउनेहरु पनि खुरुखुरु काम गरौं।यो त आखिर संघर्ष,धैर्यता र शहनशीलता देश हो रहेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार