पाञ्चजन्य शंखको यस्तो छ रहस्य


भगवान् विष्णुको शंखलाई पाञ्चजन्य भनिन्छ । कृष्णलाई विष्णुकै अवतार मानिन्छ । महाभारत पढ्दा के थाहा पाइन्छ भने कृष्णसँग पाञ्चजन्य नामको शंख थियो । त्यसैगरी अर्जुनसँग देवदत्त, युधिष्ठिरसँग अनन्तविजय, भीमसँग पौंड्रक, नकुलसँग सुघोष तथा सहदेवसँग मणिपुष्पक नामका शंख थिए । यी पात्रबाहेक अरू सबैजसो योद्धाहरूसँग आआफ्नै शंख हुन्थे । ती सबै शंखको महत्व एवं शक्ति फरक-फरक थिए ।

शंखको शक्ति तथा चमत्कारको वर्णन महाभारत तथा पुराणहरूमा पाइन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश, कीर्ति एवं लक्ष्मीको प्रतीक मानिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने शंख नादको प्रतीक हो । शंख ध्वनिलाई शुभ मानिएको छ । हुनत प्राकृतिक रूपमा शंखका थुप्रै प्रकार हुन्छन् । तीमध्ये ए प्रमुख प्रकार हुन्- दक्षिणावृत्ति शंख, मध्यावृत्ति शंख तथा वामावृत्ति शंख । यी शंखका पनि थुप्रै उपप्रकार हुन्छन् ।

पाञ्चजन्यको रहस्य::पाञ्चजन्य दुर्लभ शंख हो । समुद्र मन्थनको समयमा पाञ्चजन्य शंखको उत्पत्ति भएको थियो । समुद्र मन्थनबाट प्राप्त १४ रत्नमध्ये छैटौं रत्न शंख थियो ।प्रसंगअनुसार कृष्ण तथा बलरामका गुरु सान्दीपनीका पुत्र पुनर्दत्त नुहाउन गएका बेलामा बेपत्ता भएका थिए । गुरुले कृष्ण, बलरामसँग गुरुदक्षिणका रूपमा बेपत्ता भएको छोरो ल्याइदिन आग्रह गरे ।

गुरुपुत्र खोज्दै क्रममा समुद्रभित्र उनीहरू शंखभित्र सुतिरहेका एक दैत्य फेला पारे । उक्त दैत्यसँग युद्ध गरेर उसलाई मारेपछि कृष्णले त्यो शंख आफैंले राखे र गुरुपुत्र यमपुरी पुगिसकेको कुरा थाहा पनि पाए । उनीहरू यमलोक गए । यमदूतहरूले यमपुरीभित्र प्रवेश गर्न नदिएपछि कृष्णले सोही शंख बजाए जसको नादबाट यमलोक पूरै थर्कन थाल्यो ।

यमराज आफैं आएर कृष्णलाई भेटी उनको गुरुपुत्रको आत्मा फिर्ता दिए । कृष्ण र बलरामले पृथ्वीमा आएर गुरुलाई गुरुपुत्रसँगै सोही पाञ्चजन्य शंख पनि दिए । गुरुले उक्त शंख पुनः कृष्णलाई दिँदै यो शंख तिम्रै लागि हो भने । तत्पश्चात् कृष्णले गुरु आज्ञा लिएर शंखनाद गरी पुरानो युगको समाप्ति तथा नयाँ युगको प्रारम्भ गरे ।

पाञ्चजन्य शंखको शक्ति::पाञ्चजन्य शंखको ध्वनि कैयौं किलोमीटर टाढा पुग्थ्यो । भनिन्छ, महाभारत युद्धमा ध्वनिबाट पाण्डव सेनामा उत्साहको संचार गर्ने यो शंखले शत्रु सेनामा भयको सिर्जना गराउँथ्यो । पाञ्चजन्य शंखको ध्वनि सिंह गर्जना भन्दा पनि बढी डरलाग्दो थियो । यो शंखलाई विजय एवं यशको प्रतीक मानिन्छ । यसमा छ औंलाको आकृति हुन्छ ।

पान्चजन्य शंख::हुनत पाञ्चजन्य शंख अब पनि पाइन्छ तर ती सबै चामत्कारिक हुँदैनन् ।यस्ता शंख घरला वास्तुदोषहरूबाटमुक्त राख्नका लागि स्थापित गर्ने चलन छ । यस्तो शंखले राहु तथा केतु ग्रहका दुष्प्रभावहरू समेत कम गर्ने विश्वास पाइन्छ ।पुर्बेली न्युज बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार