दुवै खुट्टा नभएका आरोही सगरमाथा शिखरमा

FILE – In this March 18, 2015 file photo, trekkers take an acclimatization hike to Nagarzhang peak above Dingboche valley on the way to Everest base camp, Nepal. Just when Nepal was recovering from the devastating earthquake that killed thousands, flattened hundreds of thousands of houses and chased away foreign tourists, protests by ethnic groups and severe fuel shortages are again keeping visitors away from the nation known for highest peaks in the world. The comeback that the damaged tourism industry had hoped would begin in October, normally the high season for visitors, has failed to materialize, in part because of protests and other troubles that began in August. (AP Photo/Tashi Sherpa, file)

यसपाली वसन्त ऋतुमा आरोहणको क्रम शुरू भएसँगै दुवै खुट्टा नभएका एक चिनियाँसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको एक अधिकारीले बताएका छन्।

दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयुले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारीले बताए।

उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो ‘डबल एम्पुटी’ भनिने दुवै खुट्टा नभएका आरोही हुन्।यसअघि सन् २००६ मा न्युजिल्याण्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए।

आइतवार नेपाली आरोही टोलीले शिखरको बाटो खोले लगत्तै सिया बोयुसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेको सगरमाथा आधार शिविरस्थित पर्यटन मन्त्रालयका प्रतिनिधि ज्ञानेन्द्र श्रेष्ठले बीबीसीलाई बताए।

उनले भने, “सिया र अरू करिब ५० जनाले सगरमाथा चढेको खबर आएको छ। अहिले उनीहरू साउथ कोलको बाटो तल झरिरहेका छन्।”

४० वर्षअघि हिउँको चिसोका कारण सियाको दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको थियो। पछि क्यान्सर रोगका कारण उनले दुवै खुट्टा गुमाउन पुगे।तर उनी अविचलित रहे। उनले सगरमाथा आरोहण गर्ने योजना परित्याग गरेनन्।सन् २०१५ मा भूकम्पले उनको सगरमाथा आरोहण गर्ने योजनालाई प्रभावित तुल्यायो।

६ महिनाअघि नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ल्याएको थियो।पछि अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि सिया सगरमाथा आरोहणको तयारीमा जुटे।उनी अन्तत: सफल भए। सिया र उनका आरोहण सहयोगी सोमवार बिहान ८.३० बजेतिर सगरमाथाको शिखर पुगेको श्रेष्ठले बताए।बीबीसीबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार