काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सकेर शनिवार भारत फर्किसके तर उनी आउँदा भएका गतिविधीहरु माथिको टिकाटिप्णीहरु अझै सकिएको छैन । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भ्रमणवारे जानकारी गराएपनि अझै सांसदहरु सन्तुष्ट छैनन् । ओलीले मोदीको नेपाल भ्रमण नेपालको पक्षमा भएको बताउँदै झण्डै एक घन्टा जानकारी गराएका थिए । तर टिप्पणी सोमबारको संसदमा सांसदहरुले मोदीको नेपाल भ्रमणको सन्दर्भ र त्यो संग सम्बन्धित रहेर धेरै प्रश्नहरु उठाएका छन् ।
नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका विगतका अभिव्यक्तिहरु स्मरण गराउँदै गम्भीर प्रश्न उठाएका छन् । उनी ओलीमाथि खनिए र यो लम्पसारदवाद र चाकडीको हद भएको बताए । मोदीभ्रमणमा सरकारको सरकारको यो तामझामले महालम्पसारवादी सरकार भएको उनको आरोप थियो ।
भारतसँगको सम्बन्ध न संघर्ष, न समर्पण भन्दा बीपी कोइरालालाई हटाउन राजा महेन्द्रले भारतलाई चिट्ठी लेखेको र कालापानीमा भारतीय सेना राख्न मौन स्वीकृति दिएको स्मरण गर्दै सांसद थापाले कालापानी दोहोर्याउन खोजिएको त होइन, भन्ने प्रश्न गरे । मेयरको सुरक्षा दिन सकेन, यो सकेन, त्यो सकेन भन्नु, कतै भारतीय सेनालाई मौन स्विकृति दिएर कालापानी दोहोर्याउन खोजिएको त होइन भन्ने उनको प्रश्न थियो ।
सत्तारुढ दल माओवादी केन्द्रकै सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थितिप्रति प्रश्न उठाएका छन् । बैठकमा माओवादी सांसद पम्फा भुसालले कुनै पनि विदेशी पाहुनालाई सुरक्षा दिन नेपाल सक्षम रहेकोले मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थिति हुनुले देशको सुरक्षामा प्रश्न उठेको बताइन् । मोदी भ्रमणमा ठूलो संख्यामा भारतीय सुरक्षा कमाण्डो ल्याउने र पहिलो घेरामा उनीहरु हुनुले हाम्रो देशको सुरक्षामा प्रश्न खडा गर्न खोजेको सांसद भुसालको भनाई थियो ।
कीर्ति आजादको भनाइले ल्यायो अर्को खैलाबैला
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि नेपाल भ्रमणमा रहेका बेला जनता पार्टीका सांसद कीर्ति आजादले जनकपुर भारतमा फर्काउनुपर्छ भनी दिएको अभिव्यत्तिले अहिले तरंग ल्याएको छ । सोमबार यहि विषयले संसदमा खैलाबैला मच्चियो । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले भाजपा सांसद आजादको ट्वीटबारे प्रश्न उठाएका थिए ।
प्रतिनिधिसभा सदस्य भीम राउवलले जनकपुरलाई भारतमा फर्काउनुपर्छ भन्दै भारतीय जनता पार्टीका विद्यायक कृति आजादले दिएको वक्तव्यको भत्र्सना गरेका छन् । उनले नेपाल र भारतको सम्बन्ध समानताको आधारमा अघि बढाउनुपर्ने बताइरहेको बेला कृति आजाद भन्ने ब्यक्तिले दिएको वक्तव्य निन्दनीय रहेको बताए ।
यस्तै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संसदमा सरकारले तत्काल आजादको भनाईको खण्डन गर्नु पर्ने माग गरेका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल लगायतले पनि आजादको भनाईप्रति आपत्ति जनाएका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाजपा सांसदको अभिव्यक्ति निकै निन्दनीय रहेको बताए । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले यो अभिव्यक्ति नेपाल भारत सम्बन्ध विगार्ने कुत्सित मनसायबाट लक्षित रहेको भन्दै यसबारे भारत सरकारको ध्यानाकर्षण गराइने बताए ।
सांसदहरुल कृति आजादको अभिब्यक्तिलाई नेपालको राष्ट्रियता विपरित रहेको भन्दै सरकारले सच्याउन दबाब दिनुपर्ने बताएका थिए । मोदीको नेपाल भ्रमणले ल्याएको तरङ्ग ल्याएको छ ।
२, सरकारको सवाल जवाफ ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पछि उनको भ्रमण कस्तो रह्यो भन्ने समीक्षा यतिखेर चारैतिर हुन थालेको छ । आईतबार बसेको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नेपालको पक्षमा भएको दावी गरेका थिए ।
मोदीको नेपाल भ्रमणबारे संसदलाई स्पष्टिकरण दिँदै प्रधानमन्त्री ओलीले मोदीको भ्रमण नेपालको पक्षमा भएको र तीन वर्षअघि तनावपूर्ण रहेको दुई देशको सम्बन्ध अहिले नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको बताए । यसपटक पटक धेरै गम्भीरताका पूर्वक अवलोकन गर्ने र कलभर्ट बनाउने लगाएतका विषयमा भारत सकारात्मक भएको दावी गर्दै मोदीको नेपाल भ्रमण नेपालकै पक्षमा भएको दावी गरेका थिए ।
नेपाल भ्रमणका क्रममा मोदीलाई जनकपुरमा गरिएको नागरिक अभिनन्दनका क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति प्रती एमालेले आपत्ति जनाएको छ । मोदीलाई अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्री लालबावु राउतले विभेदकारी संबिधानबिरुद्ध संघर्ष जारी भएको अभिव्यक्ति दिएका थिए । यसप्रति आपत्ती जनाउँदै प्रधानमन्त्री ओलीले उक्त भनाई परराष्ट्रहित विपरित भएको बताए पनि ।
प्रधानमन्त्री ओलीले संसद सदस्यलाई मोदी भ्रमणको उपलब्धि सुनाईरहदा सांसदहरुले ओलीले भारतप्रती अलिक बढि नै झुकाव राखेको आरोप लगाएका छन । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण क्रममा भारतीय सुरक्षाकर्मीको उपस्थिति ‘अस्वभाविक’ रहेको, दुई नम्बर प्रदेशका मुख्यन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणा स्पष्ट नभएकोे, भ्रमणका बेला अभिव्यक्ति स्वतन्त्रमा समेत अंकुश लगाउन खोजिएको, राष्ट्रवादी सरकारले मोदीको स्वागतमा अनावश्यक चाकडी गरेको लगाएतका आरोप सांसदहरुले लगाएका छन । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण नेपालकै हितमा भएको बताए ।
यतिबेला संसदमा मोदीको नेपाल भ्रमणका क्रममा भएका त्रुटिहरुलाई केलाउँदै सवाल जवाफ चलिरेहेको छ । सांसदहरुले मोदीको नेपाल भ्रमणको समयमा ओलीले अलि बढी नै झुकाव देखाएको भन्दै आफुलाई राष्ट्रवादी बताउने प्रधानमन्त्री ओली अन्तत लम्पसारवादी भएको आरोप लगाईरहेका छन । तर एमाले र प्रधानमन्त्री ओलीले त्यसलाई खण्डन गरिरहेका छन् ।