पोर्तुगलका समाजसेवी तथा जनजाति महासंघका अध्यक्ष नरभुपाल राईको असमाहिक निधन

नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष, एनआरएनए पोर्तुगलका सल्लाहकार तथा सुपरिचित समाजसेवी नरभुपाल राईको नेपालमा अत्यन्त असमायिक र दु:खद निधन भएको खबर छ ।


बिगत लामो समय देखि पोर्चुगल बस्दै आएका राई केहि समय अगाडी मात्र आफ्नो जन्मभूमि नेपाल गएका थिए। पोर्चुगलमा लामो संघर्ष पछि भर्खरै मात्र पोर्चुगिज राहदानी प्राप्त गरेका राईको अल्पायुमै दुखद निधनले पोर्चुगल बासि र राईका शुभाचिन्तकहरुलाई स्तब्ध बनाएको छ ।आज बिहान उनि आफ्नो छोराको छेवर अर्थात पहिलो चोटि कपाल खौरने कार्यको तयारीको लागि घर सरसफाइ गर्दै गर्दा, चिप्लिएर भर्र्याङ्बबाट लडेका थिए र घाटीमा सिसाले गहिरो गरि काट्यो, त्यसपछि हस्पिटल लगेर उपचार गर्दागर्दै उनको असामयिक निधन भएको जानकारी प्राप्त भएको छ ।
राईका तीन दाजुभाइमध्ये उनी जेठा थिए । माहिलो भाइ बेलायतमा बस्दै आएका छन् । माहिलो भाइ नेपाल गएपछि मात्र उनको दाह संस्कार गर्ने काठमाण्डौंबाट शुक्र राईले जानकारी दिए । राईका कान्छा भाइ र दुईवटी बहिनी पोर्तुगलमा छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार