बीबीसी । फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले बाटोमा हिडिँरहेका मानिसहरुमाथि गरेको धारिलो हतियार आक्रमणमा एकको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ । फ्रान्सका अभियोजनकर्ताहरुले उक्त घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति एमानुएल माक्रोँले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग एक इञ्चले पनि नझुक्नेु बताएका छन्। पर्यटकहरूको चहलपहल हुने प्यारिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो।
प्रत्यक्षदर्शीका अनुसार हतियारले हमला गर्ने व्यक्तिले ‘अल्लाह हू अकबर’ भनेर कराउँदै बाटो हिँड्ने मानिसहरुमाथि चक्कु आक्रमण गरेका हुन् ।पुलिसले उनलाई नियन्त्रण गर्न ‘स्टन गन’ को प्रयोग गरेतापनि त्यसले परिणाम नदिएपछि गोली हानी मारिएको जानकारी दिएको छ ।