काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने पहिलो नेपाली क्रिकेटर संदीप लामिछानेले विकेट लिएका छन् । आईपीएलको डेब्यू खेलमै सन्दिपले विकेट लिएका हुन् ।
रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध दिल्ली डियरडेभिल्समा आबद्ध संदीपले शनिबार आईपिएलमा डेब्यू गरेका थिए । सन्दिपलाई पहिलो ओभरमै कप्तान श्रीयसले बल थमाएका थिए । संदीपले त्यस ओभरमा ६ रन दिए भने ४ ओभर बलिङ गरेका उनले २५ रन दिएका छन् ।
अहिले टस हारेको दिल्लीले ब्याटिङ गरिरहेको छ । यसअघिका ११ खेलमा दिल्लीले सन्दीपलाई मैदानमा उतारेको थिएन । सन्दीपलाई दिल्लीले अक्सनबाट २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
आइपिएलमा संदीपले डेब्यु गरिहँदा २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आजै सन्दीपको चर्चासमेत गर्न भ्याएका थिए ।
संदीपले आजको खेलसहित अब बाँकी ३ खेल खेल्न पाउने छ ।