काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भम्रणपछि भारत फर्किएका छन् । छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्री नेपाल भ्रमण गर्नु सकरात्मक भएपनि उनका भ्रमणका क्रममा नेपाल सरकार, प्रदेश सरकार तथा सरोकारवाल निकायका केही गतिविधिको भने आलोचना भैरहेको छ ।
शुक्रबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरस्थीत जानकी मन्दिरको पुजा अर्जनापछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुतm सम्बोधन गरेका थिए । सो स्थलमा नेपाल भारतको झण्डा राखिएको थियो ।
तर त्यहाँ उल्लेखित नेपालको झण्डा सम्मान भन्दा अपमान गरे जस्तो देखिन्थ्यो । नेपालको संविधानमा उल्लेख भएको भन्दा फरक शैलीमा बनाइएको नेपालको झण्डाको किनारा भद्धा ठुलो बनाइएको थियो ।
संविधानमा झण्डाको किनारा भित्री रातो किनारामा नै निलो थप्ने र कोणहरु भित्रकै बराबरको हुनु पर्ने उल्लेख गरीएको छ । तर यो झण्डा भित्रको कोण र बाहिरको कोणमा व्यापक भिन्नता छ ।
यस्तै जनकपुरकै बाह्र विघामा गरिएको नागरीक अभिनन्दनमा समेत प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतको लिखित सम्बोन्धको समेत आलोचित बनेको छ । नेपालको नयाँ संविधान अनुसारनै मुख्य मन्त्री बनेका राउतले नेपालको संविधान विभेदकारी भएको आरोप लगाएका थिए । कार्यक्रममा भारतीय प्रधानमन्त्रीलाई हमारे प्रधानमन्त्री समेत भनियो ।
यस्तै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली सञ्चार माध्यमलाई बाइपास गरियो । अहिले सम्म पर्यटक तथा नेपालीहरु लाइ समेत फोटो तथा भिडियो खिच्न नदिएको जानकी मन्दिर तथा मुक्तिनाथ मन्दिरमा भारतीय टेलिभिजनहरुले निर्वाध लाइभ गर्न दिइएको छ ।
जकपुरको जानकारी मन्दिर तथा मुस्ताङको मुक्तिनाथ मन्दिर भित्र मोदीले पुजा गरीरहँदा भारतीय संचार माध्यमले मन्दीरको मुख्य भागबाट लाइभ गरीरहेका थिए तर नेपाली मिडीयाहरुलाई भने परीसरमै समेत बस्न दिइएको थिए । कति सम्म भने क्यामेरा अलाउ छैन भनि लेखिएको पनि वास्ता गरेनन् भारतीय सञ्चार माध्यमहरुले ।
मोदीको भ्रमण पुर्व नै २ बर्ष अघि नेपालको संविधान जारी हुँदा भारतले लगाएको नाकाबन्दीको बिरोध स्वरुप ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी भन्दै सामाजिक सञ्जालहरुमा चर्को विरोध भयोे ।
साथै शान्तीपुर्ण विरोध प्रर्दशन गर्नेहरुलाइ समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यता साझा विवेकशिल पार्टीले आफ्नो कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौ भनि लेखिएको ब्यानर प्रहरीले जवरजस्ती हटायो ।
पुण्यका लागि तिर्थ आएका मोदीले नाकाबन्दी गर्नु गलत थिया भन्छन् कि भन्ने धेरैको अनुमान थियो तर उन्ले केही बोलेनन् । दुई देश विचको सम्बन्धमा देखिएको समस्यामा कुनै नगरि सम्बन्ध सुधार भयो भन्दै मोदी फर्किए ।
कमसल सामाग्री प्रयोग भएपछि प्रयोगमा नआउदै बाँध भत्कियो, स्थानिय आक्रोसित
रौतहट । रौतहठको चन्द्रपुर २ जुडिवेलास्थीत पौराई खोलामा बनाइएको सिँचाइ बाँध प्रयोगमा नआउँदै भत्किएको छ । गत बर्ष साउनमा भत्किएको सिँचाइ बाँध अहिलेसम्म पनि अलपत्र अवस्थामा छ । डिभिजन सिँचाइ कार्यालय गोरबाट ठेक्का सम्झोता भइ आश्रय निर्माण सेवा प्रालीले १ करोडमा बाँध निर्माण गरेको थियो ।
साविकको पौराई ७, ८ र ९ र जुडिवेलमा सिचाइ गर्नका लागि परम्परागत बाँध भत्काएर नयाँ बाँध निर्माण गरीएको थियो । बाँध निर्माणमा कमशल सामाग्री प्रयोग भएका कारण बाँध भत्किएको स्थानियहरु बताउँछन् ।
निर्माण भएको केही समयमै बाँध भत्किएपछि खेतमा सिँचाई नहुँदा किसान निराश र आक्रोशित छन् । निर्माण कम्पनीले भने ठुलो लागत लाग्ने आयोजन भएपनि कम बजेट बनाउनु परेको जनाएको छ ।
कम्पनीका रामआश्रेय साहले सिँचाइ कार्यालयको प्राविधिक डिजाइन अनुसार नै सामाग्री प्रयोग गरेर बाँध निर्माण गरेका जनाएका छन् ।