मोदीकाे अभिनन्दनमा नेपाली पत्रकारलाई प्रवेश निषेध !


राष्ट्रियसभा गृहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दनमा पुगेका नेपाली पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । भारतीय पत्रकार र नेपालको सरकारी मिडियाका पत्रकारलाई भने भित्र छिराइएको छ ।

पत्रकारहरु केहीबेर पर्खदा समेत भित्र छिर्न नदिएपछि क्यामेरा डाउन गरेर फर्किएका छन् । सभागृहमा हुने अभिनन्दन कार्यक्रमका लागि नेपाली मिडियाका पत्रकारलाई छुट्टै पासको व्यवस्था गरिएको थियो । तर पास पाए पनि भित्र छिर्न रोक लगाइएको पत्रकारहरुले जनाएका छन् ।

बहिस्कार स्वरुप केही बेर क्यामेरा डाउन गरेपछि सबै पत्रकार बाहिरिएका छन् ।

पत्रकारहरुले क्यामेरा डाउन गर्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सभागृह आइपुगेका छन् ।:- नयाँ पत्रिका बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार