शनिवार विप्लव समुहले प्रेश विज्ञप्ति जारि गर्दै बैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा केपी ओली र नरेन्द्र मोदीले गरेको राष्ट्रघाती अरुण -३ को शिल्यान्यासको विरोधमा नेपाल बन्द गर्ने जारि प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ।
मोदीको सिधै जनकपुरमा आगमन, त्यहा गरिएको कथित नागरिक अभिनन्दन, सम्वेदनशिल र रणनैतिक महत्वको उनको मुस्ताङ्ग भ्रमण, मोदीको भ्रमणका सुरक्षाको नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनातावोधाले पुन: नयाँ आयाममा भएको गम्भीर राष्ट्रघातको पटाक्षेप हो -विज्ञप्तिमा लेखिएको छ।
मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामु परेको लम्पसारको सामाजिक संजालमा मात्रै नभएर देशैभरि प्रतिवाद भै रहेको छ। जनताको स्तर र केहि संघ/संगठनहरुले गरेका यस्तो प्रतिवाद र विरोधको समर्थन गर्दै विप्लप समुहले नेपाल बन्दको आव्ह्वान गरेको हो। विज्ञप्ति पढ्नुहोस्