ट्रेल रेसको विश्व च्याम्पियनसिपमा सात नेपालीले भाग लिँदै


स्पेनको पेन्यागोलोसामा आयोजना हुने ट्रेल रेसको विश्व च्याम्पियनसिपमा सात नेपाली धावकले भाग लिँदैछन् । शनिबार हुने दौडमा चार पुरुष र तीन महिलासहित सात नेपालीले भाग लिँदै छन्।तीर्थ तामाङ, पूर्ण तामाङ, समीर तामाङ, वेद सुनुवार, छेछी शेर्पा, मनिकला राई र रोजिना भन्डारीले सो दौडमा भाग लिने भएका हुन्।शनिबार स्थानीय समयअनुसार १२ बजे सुरु हुनेछ। प्रतियोगितामा १०८, ८५ र ६० किलोमिटर दूरीको दौड रहेको छ, जसमध्ये ८५ किलोमिटरको दौडलाई विश्व च्याम्पियनसिप मानिएको छ। सबै नेपाली धावकले यसैमा भाग लिनेछन् । उक्त दौडको कट अफ टाइम पन्ध्र घन्टाको रहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार